CanadaKhabar.com

Friday, May 3, 2024 -
  • सुजुकी जिक्सर एसएफ बजारमा, पल्सर एएस १५० संग प्रतिस्पर्धा हुने

    gixxer sf

    काठमाडौं, ९ भदौ । पछिल्लो समय युवाहरुको मन जितिरहेको सुजुकी जिक्सरको अर्को नयाँ मोडल एसएफ भित्रिएको छ । नेपालका लागि सुजुकी मोटरसाइकलको आधिकारिक विक्रेता भिजी अटोमोवाइल्सले केहि समय अघिमात्र नयाँ मोडलको जिक्सर एसएफ सार्वजनिक गरेको हो ।

    एक सय ५५ सिसी क्षमताको जिक्सर एसएफले तिव्र गतिमा मोटरसाइकल हाँक्ने युवाहरुको चाहना पुरा गर्ने देखिन्छ । स्पोर्टी लुक्सको जिक्सर एसएफ आरामदायी र सजिलै नियन्त्रण गर्न सकिने गरि डिजाइन गरिएको छ ।

    विश्व प्रसिद्ध सुपर बाइक हायावुसा, जिक्सर एसआर र मोटो जिपीको प्रविधीमा आधारित भई निर्माण गरिएको जिक्सर एसएफलाई अधिकतम १ सय २५ किलोमिटर प्रतिघन्टाको तिव्र गतिमा कुदाउन सकिन्छ । ८ हजार आरपिएममा १४.६ विएचपी पावर उत्पादन गर्न सक्ने जिक्सर एसएफको ६ हजार आरपिएममा १.४ किलोग्राम टर्क रहेको छ । फोर स्ट्रोक, वान सिलिन्ड, एयर कुल्ड इन्जिन जडान गरिएको जिक्सर एसएफमा फाइभ स्पिड गियरवक्सको व्यवस्था रहेको छ । अगाडीको पाङ्ग्रामा डिस्क ब्रेक र पछाडी ड्रम व्रेक प्रयोग गरिएको छ ।

    कम्पनिको अनुसार १ सय ५० सिसी सेग्मेन्टका अन्य वाइकको तुलनामा जिक्सर एसएफले नयाँ र फरक खालको अनुभुती दिनेछ । पर्फरमेन्सका हिसावले अव्वल मानिएको एसएफ इन्धन किफायती रहेको समेत बताइएको छ । प्रतिलिटर ४७ किलोमिटरको माइलेज दिने कम्पनीको दावी छ । जिक्सर एसएफ र पल्सर एएसका अधिकांश फिचर समान रहेकाले आगामी दिनमा यी दुई मोटरसाइकलबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

    जिक्सर एसएफ र पल्सर एएस १५० बिचको तुलना

    bike bike1