CanadaKhabar.com

Friday, May 3, 2024 -
  • अब बजाज मोटरसाइकल नेपालमै बन्ने

    bajaj-150

    काठमाडौ, ७ भदौ । गोल्छा अर्गनाइजेशनले बजाज मोटरसाइकलको निर्माण नेपालमै गर्ने भएको छ । लामो समयदेखि बजाजको आधिकारिक विक्रेता रहदै आएको अर्गनाइजेशनले मोटरसाइकल निर्माणको लागि नवलपरासीको रामग्राममा प्लान्ट स्थापना अन्तिम चरणमा पु¥याएको छ ।

    नेपालमा अहिलेसम्म कुनै पनि मोटरसाइकल निर्माण हुने वातावरण नबन्दा उपभोक्ताले चर्को मुल्य तिरेर खरिद गर्न बाध्य छन् । तर, बजाजले नेपालीमै यसको निर्माण कार्य शुरु गरेपछि यसको मुल्यमा पनि भारी कमि आउने आँकलन गर्न सकिन्छ । किनभने भारतवाट मोटरसाइकल आयात गर्दा ८० प्रतिशत भन्सार तिर्नुपर्ने हुन्छ । जवकी यसको पाटपुर्जा आयात गर्दा जम्मा पाँचदेखि १५ प्रतिशत मात्र भन्सारदर लाग्छ ।

    कम्पनीले १ सय २५  र १ सय ५० सीसीका मोटरसाइकल उत्पादन गर्ने जानकारी दिएको छ ।

    नेपाली बजारमा बजाजका पल्सर, एभेन्जर, डिस्कभर, प्लाटिना लगायतका मोटरसाइकल बिक्री हुँदै आएका छन् ।

    नवरपरासिमा निर्मण हुन लागेको प्लान्ट गोल्छा समूहको दोस्रो प्रोजेक्ट हो । यसअघि विराटनगरमा रहेको पहिलो प्लान्टबाट मुस्ताङ गाडी उत्पादन हुँदै आए पनि अहिले बन्द अवस्थामा रहेको छ ।

    कम्पनीले मोटरसाइकल उत्पादनका लागि आवश्यक पर्ने कर्मचारीकोसमेत माग गरेको छ । प्लान्टमा आवश्यक पर्ने महाप्रवन्धक, उत्पादन प्रवन्धक, मानव संशाधन प्रवन्धक र अदक्ष गरेर ६७ जना कर्मचारी आवश्यक रहेको कम्पनिले बताएको छ ।

    हुन त यसअघि कस्मिक र अन्नलिफान समूहले नेपालमै एसेम्बल प्लान्ट राखि मोटरसाइकलन उत्पादन नगरेका भने होइनन् । यी दुवै ब्राण्ड चिनिया भएकाले उपभोक्ताको रुचीमा परेन । जसका कारण कम्पनिले प्लान्टनै बन्न गर्न बाध्य भयो ।

    त्यसो त नेपालमा बजाजको इतिहाँस निकै लामो छ । बजाजका मोटरसाइकल युवाहरुमाझ सर्वाधिक लोकप्रिय पनि मानिन्छन् । नेपालमा अहिलेसम्म कुनै पनि मोटरसाइकल निर्माण हुने वातावरण नबन्दा उपभोक्ताले चर्को मुल्य तिरेर खरिद गर्न बाध्य छन् । तर, बजाजले नेपालीमै यसको निर्माण कार्य शुरु गरेपछि यसको मुल्यमा पनि भारी कमि आउने आँकलन गर्न सकिन्छ । किनभने भारतवाट मोटरसाइकल आयात गर्दा ८० प्रतिशत भन्सार तिर्नुपर्ने हुन्छ । जवकी यसको पाटपुर्जा आयात गर्दा जम्मा पाँचदेखि १५ प्रतिशत मात्र भन्सारदर लाग्छ । बजाजले भारतबाट कम भन्सारदरमा पाटपुर्जा आयात गरी निर्माण गर्दा उपभोक्ताले सस्तो मुल्यमा मोटरसाइकल खरिद गर्न पाउनेछन ।