CanadaKhabar.com

Monday, May 6, 2024 -
  • आफ्नो गाडिलाई यसरी सुरक्षित गर्नुहोस्

    आइरन भएको पानीले कहिल्यै पनि गाडिलाई सफा गर्नु हुँदैन । यसो गर्दा छोटो समयमै गाडिको कलर उड्ने गर्छ । यदि बाध्यताबस धोइहाले पनि बर्षको एक पटक रोविङ पोलिस गर्नुपर्छ ।

    toyota

    – विश्वास खड्काथोकी

    काठमाडौं, १५ भदौ । कुनै पनि सामाग्री खरिद गर्नुभन्दा त्यसलाई जोगाइराख्नु चुनौतिपूर्ण हुन्छ । कतिपय मानिसहरु आफ्नो सामानको सुरक्षा गर्न नसक्दा तनावमा हुन्छन् । गाडिको सन्दर्भमा यो अझ बढी लागु हुन्छ । गाडि भएका हजारौँ मानिसहरुको तनावलाई कम गर्नका लागि अटोमोबाइलले आफ्नो गाडि आफै हिफाजत गर्ने टिप्सको खोजी गरेको छ । करिव ३० वर्षदेखि मेकानिकल इन्जिनियरका रुपमा कार्यरत दिलबहादुर महर्जनले गाडि सुरक्षा गर्नेबारे बताएका छन् । महर्जन अटो होमका सञ्चालक पनि हुन् ।

    गाडि स्टार्ट गर्नुभन्दा पहिले इन्जिनमा लुब्रिकेन्ट्स, ब्रेक र पावरस्टेरिङ आयलको लेभल जाँच गुर्नपर्छ । गाडिको स्वीच अन गरेपछि एक मिनेट छाडिदिनुपर्छ, अनि स्टार्ट गर्नुपर्छ । गाडिको सम्पूर्ण इन्जिनले पूर्ण रुपमा काम गर्नका लागि केही समय लिने भएकोले यसमा ध्यान पु¥याउनु पर्दछ । ।

    टायरको हावाको प्रेसर  प्रत्येक महिना जाँच गराउनुपर्छ । हरेक लङ ड्राइभपछि पनि चेक गर्न जरुरी छ । २८ देखि ३० को रेन्जमा हावा राख्यो भने गाडिमा आवाज आउने र भ्राइब्रेट हुने समस्या दुर हुन्छ । हजार किलोमिटर गुडेपछि गाडि चेक गराउनु आवश्यक छ ।

    गाडिको सुरक्षा गर्नका लागि चालकले गाडि कुदाउँदा पनि सावधानी अपनाउनु पर्दछ । गाडि गुडाउदा सुरुमा पहिलो गियरबाट टेकओभर गर्नुपर्छ । १० सम्मको स्पिडमा एक गियरले काम गर्छ र, १० देखि माथिको स्पिडमा लैजानु परेमा दुई गियर हाल्नुपर्छ । २० देखि ३० को स्पिडको लागि तीन गियर थिच्नुपर्छ भने ३० देखि ४० को स्पीडमा गुडाउँदा चार गियर प्रयोग गर्नुपर्दछ । ५० भन्दा माथिको स्पिडमा लैजादा पाँच गियरको आवश्यक पर्छ । निरन्तर ५० देखि ६० को स्पिडमा गाडि गुडाउँदा इन्धन पनि किफायति बन्छ ।

    hyundai-verna-fluidic

    टायरको हावाको प्रेसर  प्रत्येक महिना जाँच गराउनुपर्छ । हरेक लामो दुरीको यात्रापछि पनि हावाको प्रेसर चेक गर्न जरुरी छ । २८ देखि ३० को रेन्जमा हावा राख्यो भने गाडिमा आवाज आउने र भ्राइब्रेट हुने समस्या दुर हुन्छ । हजार किलोमिटर गुडेपछि फुल सर्भिसि गराउनु आवश्यक छ । डिजिटल कम्प्युटरराइज्ड सिस्टमबाट प्रत्येक महिना गाडिको इन्जिन चेक गराउन सकेमा झनै राम्रो । डिजिटल माध्ययमबाट गाडिको इन्जिन चेक गराउनका लागि पाँचदेखि १५ हजार रुपैयाँसम्म पर्न सक्छ ।

    आइरन भएको पानीले कहिल्यै पनि गाडि वास गर्नु हुँदैन । आइरन भएको पानीले वास गर्दा छोटो समयमै गाडिको कलर उड्न सक्छ । यदि बाध्यताबस वास गरिहाले पनि बर्षको एक पटक रोविङ पोलिस गर्नुपर्छ । यति कुरामा ध्यान दिन सकेमा गाडि सुरक्षित हुनुका साथै लामो समय टिकाउ पनि हुन्छ ।