ब्राम्टोन,क्यानडा
नेपालको पहिचान सहित नर्थ अमेरिकामा सकृय सामाजिक संस्था ब्राम्टोन माउन्ट एभरेष्ट लायन्स क्लबको आयोजनामा `सामुदायिक विकास´ गोष्ठी संम्पन्न भएको छ । लायन्स इन्टरनेशनल क्यानडाको सहकार्यमा गरिएको गोष्ठीमा क्यानडाका सक्रिय लायन्स, नेपाली समुदायका प्रतिनिधि, ब्राम्टोन माउन्ट एभरेष्टका सदस्य लगायतको सहभागिता थियो ।
बिकसित समुदाय निर्माणका पुर्वाधार,सामाजिक बिकासको नीति, नैतिक शिक्षा , बालबच्चाको शैक्षिक वातावरण ब्यक्तित्व बिकास लगायतका बिषयहरुमा केन्द्रित तालिम नेपाली समुदायको लागि निकै लाभदायक थियो । लायन्स इन्टरनेशनलका पाको ट्रेनर जोन्नी म्याक्युइगान दिएको प्रशिक्षण निकै प्रभावकारी भएको सहभागीहरुले प्रतिकृया दिए ।
क्यानडियन जिवनशैली, राष्ट्रिय अर्थतन्त्रनीति, विकासको रफ्तारबारे नेपाली समुदायले सिक्नु पर्ने धेरै कुरा भएकाले यस्तो कार्यक्रम आयोजना गरिएको क्लबका संस्थापक अध्यक्ष मित्र काफ्लेले बताए । क्यानडाको अग्रगामी बिकासको नीतिलाई विकाउन्मुख मुलुकका नागरिकले पछ्याउंन जरुरी रहेको उनको तर्क छ ।
बिगत एक एक दशकदेखि नर्थ अमेरिका रहदै आएका काफ्लेको आफ्नै सक्रियता बिगत दुई वर्ष अगाडि लायन्स क्लब स्थापना गरेका हुन् । क्लबले नेपालीहरुलाई लक्षित गरि विभिन्न कार्यक्रम गर्दै आएको छ ।