CanadaKhabar.com

Friday, July 24, 2026 -

अमेरिकाले दियो नेपाली सेनाला डुंगा

अमेरिकाले नेपाली सेनालाई २ वटा डुंगा प्रदान गरेको छ । २ वटा अत्याधुनिक डुंगा मंगलबार चितवनस्थित महेन्द्रदल गणमा एक समारोहकाबीच अमेरिकी राजदूत एलाइना बी ताप्लिजले प्रधानसेनापति राजेन्द क्षत्रीलाई डुंगा हस्तान्तरण गरिन् ।

नेपाली सेना विपद् व्यवस्थापनको लागि एक भरपर्दो र बिश्वासिलो संस्था भएको तथा अमेरिकाले नेपाली जनताको सुरक्षाको लागि नेपाली सेनासँग सहयात्री भई संयुक्त रुपमा काम गर्न पाएकोमा गर्व महशुस गरेको अमेरिकी राजदूत एलाइनाले बताइन् timthumb (1)

उनले प्राकृतिक प्रकोप मध्ये वर्षायाममा बाढीबाट हुने गरेको धनजनको क्षतिको पूर्व अनुभवको तथ्यांकगत आधारमा सोको न्युनिकरणको लागि डुंगा प्रभावकारी हुने बताइन् ।