CanadaKhabar.com

Monday, December 15, 2025 -

रक्तदानका लागि अन्तर्राष्ट्रिय अभियान

 टोरोन्टो,वैशाख ४                                    

  सन्  २०१४ मा अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको स्थापना संगै रक्तदान कार्यक्रमलाई नेपाली समुदायबीच नियमित गर्ने उद्देश्यले अमेरिका निवासी अर्जुन प्रसाद मैनालीको अध्यक्षतामा गठित कार्यसमितिलाई हालै पुनर्गठन गरेको छ l विश्व भर छरिएर रहेका नेपाली समुदाय बीच रक्तदान गर्न उत्प्रेरणा गरी नियमित रक्तदान गर्न सहयोग गर्ने उद्देश्यले अमेरिका निवासी अजय सत्यालको अध्यक्षतामा १८ सदस्य नयाँ कार्यसमितिको गठन गरेको छ l 

     सन् २०१४- २०१६ का लागि उक्त संस्थाको उपाध्यक्ष समेत रहेका सत्याल बिगत ३२ बर्ष देखि अमेरिकाको फ्लोरिडा राज्यमा बस्दै आएका छन भने अहिले सम्म १ सय ३४ पटक रक्तदान गरि सकेका छन् l नव गठित कार्यकारी समितिमा संस्थाका निवर्तमान अध्यक्ष अर्जुन प्रसाद मैनाली छन भने उपाध्यक्षहरुमा क्रमस डा. गोबिन्दसिंह रावत, क्यानाडा मिलन शर्मा, युके तथा बिनोद मैनाली, अस्ट्रेलिया छन् l

   त्यसै गरी महासचिवमा निरन्जन पौडेल, नेपाल सूचना सचिबमा एभरेष्ट गौतम, युके कोषाध्यक्षमा बिनोद भट्टराई, कतार तथा सूचना संयोजकमा गणेश पाण्डे, पोर्तुगल रहेका छन् l कार्यकारी समितिको सदस्यहरुमा प्रशान्त उप्रेती, फ्रान्स, केदार तिमल्सिना, अमेरिका, प्रकाश सापकोटा, आयरल्याण्ड, बिनिता रिमाल, बेल्जियम नरेश मल्ल, बहराइन उत्तम अधिकारी, दुबई भोला लामिछाने, स्पेन राहुल रेग्मी, भारत, कर्ण बहादुर अधिकारी, मकाउ तथा डा.अमर देउजा, दक्षिण अमेरिका रहेका छन् l international nepalese blood donors canadakhabar

    नव गठित कार्यसमितिका सभापति अजय सत्यालले रक्तदानका लागि प्रतिबद्धता जाहेर गर्दै विश्वभर फैलिएर रहेका गैर आवासीय नेपाली संघ, बिभिन्न संघ-संस्थाहरुलाई रक्तदान कार्यक्रममा सहभागी हुन् र समर्थन गर्न आब्हान गर्दै मिलेर सहयात्रीको रुपमा काम गर्न चाहेको बताएका छन् l संस्थाका निवर्तमान अध्यक्ष अर्जुन प्रसाद मैनालीको प्रसंसा गर्दै रक्तदानका लागि बिस्वमा छरिएर रहेका नेपाली समुदायमा उहाँले पुराउनु भएको योगदानको कदर गर्दै संस्थामा सम्मान जनक स्थान रहने बताएका छन् l मैनालीद्वारा अहिले सम्म १५२ पटक रक्तदान गरिसकेका छन् भने उनि संस्थापक अध्यक्ष पनि हुन् l