CanadaKhabar.com

Wednesday, January 22, 2025 -
  • नयाँं बर्षको शुभकामना आदानप्रदान सहित क्याल्गरीमा सीएनसीएको साधारण सभा सम्पन्न (फोटो फिच्रर सहित )

    बैशाख ४ – क्याल्गरी, क्यानाडा

    नयाँं बर्षको शुभकामना आदान-प्रदान सहित  क्यानाडाको क्यालगरी सहरमा क्यालगरी नेपाली कम्युनिटी एसोसिएसन  (सीएनसीए ) को बार्षिक साधारण सभा सम्पन्न  भएको छ । यही ९ अप्रिल , २०१६  शनिबार स्थानिय  सिल्भरस्प्रिंग  सामुदायिक भवनमा सम्पन्न कार्यक्रममा  संस्थाले बर्षभरी गरेको कामको समिक्षा गर्दै आगामी बर्षको लागि सर्वसम्मतिबाट नयाँं कार्यसमिति  समेत चयन गरिएको छ । nepali in calgary canadakhabar (6)

    संस्थाका अध्यक्ष प्रसन्नमान श्रेष्ठको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा  महासचिव ऋषि बस्ताकोटीले संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष दिब्य प्रधानले आय – व्यय विवरण जानकारी गराउनुभएको थियो। संस्थाको नियमित कार्यक्रमका अतिरिक्त गत बर्ष सीएनसीएले नेपालमा  गएको प्रलयकारी भुकम्पमा परेकाहरुलाइ  तत्कालिन उद्दार र राहतका साथै  पुनर्निर्माणमा सघाउनुको साथै संस्थाको सम्बन्ध बिस्तारमा उल्लेख्य काम गरेको प्रतिवेदनमा  उल्लेख  गरिएको थियो  । nepali in calgary canadakhabar (4)

     

    सीएनसीएले क्याल्गरीमा व्यापक जनसमुदाय परिचालन गरी क्यानेडियन रेडक्रस, मेडिकल मर्सी क्यानाडा लगायतका संस्थासंगको सहकार्यमा   क्यानेडियन डलर १,१७,४४१ संकलन गरेको र उक्त रकम  क्यानेडियन रेडक्रस, नेपाली दुतावास,  मेडिकल मर्सी क्यानाडा र लायन्स क्लबमार्फत नेपालका भुकम्प प्रभावित जिल्लाहरुमा सहयोग गरिएको जानकारी गराइयो ।

    कुल रकम मध्ये  तत्कालिन राहत र उद्दारमा क्यानेडियन डलर ४८,१९९ र  पुनर्निर्माणमा क्यानेडियन डलर  ६९,३२१ सहयोग गरिएको छ ।  संस्थाले भूकम्पले  क्षति पुगेका धादिंगमा दुइ, गोर्खामा  एक , काठमाडौँमा एक र भक्तपुरको एक गरी पांच विद्यालयको पुनर्निर्माणमा सहयोग गरेको कुरा प्रतिवेदनमा उल्लेख गरिएको छ । यसका अतिरिक्त जाडो याममा रसुवा, सिन्धुपाल्चोक र धादिंगका  भुकम्प पीडित विपन्न  बस्तिहरुमा न्यानो कपडा, औषधि र अन्य मानवीय सहयोग समेत प्रदान गरिएको साधारण सभामा जानकारी गराइयो ।nepali in calgary canadakhabar (7)
    महासचिव र कोषाध्यक्षको प्रर्तिवेदनसंगै सीएनसीएद्वारा संचालित  नेपाली स्कूलकातर्फबाट संयोजक    मंजु दाहालले संक्षेपमा प्रगति बिवरण प्रस्तुत गर्नुभएको थियो । स्वयंसेवी रुपमा संचालित  नेपाली स्कूलमा विभिन्न किसिमले योगदान पुर्याउने महानुभावहरूलाई  उहाले धन्यवाद दिंदै आगामी दिनमा पनि आफ्ना नानीहरूलाई  नेपाली स्कूल नियमित पठाउन र निरन्तर स्वयम्सेवाको लागि आह्वान गर्नुभएको थियो।
    nepali in calgary canadakhabar (2)
    सी एन सी ए कार्यसमितिले  गरेको कामको उच्च मुल्यांकन गर्दै साधारणसभाकातर्फबाट  सीएनसीएका पुर्व अध्यक्षहरू र सल्लाहकारहरुले कार्यसमितिलाई खादा अर्पण गरेर सम्मान गर्नुभएको थियो । साधारण सभाले आगामी बर्षको लागि  दिव्य प्रधानको अध्यक्षतामा  सर्वसम्मतिबाट नया कार्यसमिति समेत चयन गरेको छ ।

    अन्य पदाधिकारीहरूमा  ज्ञानेन्द्र श्रेष्ठ उपाध्यक्ष, हरिबोल शर्मा  महासचिव, पुर्णिमा लिम्बु कोषाध्यक्ष, दिनेश घिमिरे सामाजिक कार्यक्रम संयोजक निर्वाचित हुनुभएको छ । यसै गरी प्रज्वल मर्दन बस्नेत, विकाश ढुंगेल, नवीन भुषाल, सुरज गुरुङ, श्रीराम न्यौपाने र  लिशा सिंहलाइ  बोर्ड अफ डाइरेक्टर चयन गरिएको छ ।

    nepali in calgary canadakhabar (3)
    निर्वाचन अधिकृत डा नगेन्द्र शर्माले  नवनिर्वाचित पदाधिकारीहरूलाई  निर्वाचनको प्रमाणपत्र प्रदान गर्नुभएको थियो भने  संस्थापक अध्यक्ष मोहन वैद्य, सल्लाहकार प्रेम गुरुङ  र एनआरएन क्यानाडाका सदस्य नारायण  पोख्रेलले बधाई तथा शुभकामना दिनुभएको थियो । क्याल्गरीका नेपाली मूलका समुदायको व्यापक उपस्थितिमा भएको कार्यक्रममा  सीएनसीएद्वारा संचालित नेपाली स्कूलका विद्यार्थीहरूले   नेपाली तथा क्यानेडियन राष्ट्रिय गान  गाएका थिए भने स्थानीय कलाकारहरूले गीत तथा नृत्य समेत प्रस्तुत गरेका थिए।  nepali in calgary canadakhabar (5)

    nepali in calgary canadakhabar (1)