CanadaKhabar.com

Wednesday, January 22, 2025 -
  • नाटकघरमा बालबालिकाको सुन्दर नाटक

    ४ वैशाख, काठमाडौं ।

    शनिबार दिउ“सो काठमाडौंका विभिन्न नाटकघरमा व्यवसायिक कलाकारहरु नाटक मञ्चनमा जुटिरहेका थिए । तर काठमाडौं मलस्थित नाटकघर थिएटर मलमा भने कुनै वयस्क र व्यवसायिक कलाकार नभई ५ वर्षदेखि १२ वर्ष सम्मका बालबालिकाहरु नाटकमा जुटे ।
    थिएटर सेन्टर फर चिल्ड्रेन (टिसीसी नेपाल) र थिएटर मलले बालबालिकाका लागि आयोजना गरेको १५ दिने अभिनय तथा नाट्य कार्यशालाको समापनमा उनीहरु वयस्क र व्यवसायिक कलाकार सरह उत्रेका हुन् । उनीहरुले तुरुन्त दर्शकहरुले दिएका घटना र अवस्थालाई नाटक बनाएर देखाउने देखि खगेन्द्र संग्रौलाको बालकथामा आधारित नाटक ‘भित्ताको नमस्ते’ समेत मञ्चन गरे । Bhitta Ko Namaste 1
    कार्यक्रमको सुरुमा नै उनीहरुले दर्शकलाई चकित तुल्याए । दर्शक नाटकघर छिर्दा मधुर प्रकाशमा मूर्ति बनेर बसेका बालबालिकाहरु एक्कासी संगीतको तालमा ताल मिलाउन थाले त्यो पनि आ–आफ्नै शैलीमा । उनीहरु पालै पालो अगाडि आउ“थे र आफ्नै शैलीमा कम्मर मर्काउ“थे अनि त्यसलाई अरुले नक्कल गर्थें । उनीहरु अगाडि आउन तछाडमछाड गरेजस्तै देखिन्थ्यो । कुनै औपचारिक सम्बोधन विना सिधै यस्तो प्रस्तुति हु“दा दर्शकहरु ती बालबालिकालाई हेरेर एकछिन चकित परेका थिए ।
    त्यसपछि सुरु भयो ‘आशु नाटक’ अर्थात् दर्शकले दिएको फरक फरक घटना र अवस्थालाई दुई दुई जनाको समूहले पालै पालो प्रस्तुत गरे । तुरुन्त पाएको घटनालाई समेत साना बाल कलाकारहरुले तुरुन्त संवाद र दृश्यमार्फत मञ्चमा उतार्दा उनीहरुका अभिभावक र अन्य दर्शकहरु गम्भीर बनेका थिए ।Bhitta Ko Namaste 4
    हाम्रो पारिवारिक र समाजिक परिपाटीमा बालबालिकालाई जोकोही वयस्क मानिसलाई नमस्ते गर्न कर गरिने प्रचलन माथि व्यंग्य बोकेको खगेन्द संग्रौलाको बालकथा उनीहरुले नाटक बनाएर मञ्चन गरे । आफूले नचिने पनि र मन नलागेपनि आमाबुबाले हप्काउ“दै ‘नमस्ते गर’ भनेर नमस्ते गर्न बाध्य हुनुपर्ने बाल मानसिकतालाई नाटकमा प्रस्तुत गरेका थिए । कार्यशालाका सञ्चालकद्वय रंगकर्मीहरु केदार श्रेष्ठ र सञ्जिता सञ्जीले निर्देशन गरेको नाटकले बालमनोविज्ञानका गहन पाटोलाई अभिभावकसामु प्रस्तुत गरिदिएका थिए ।
    नाटक ‘भित्ताको नमस्ते’मा १५ दिने कार्यशालामा सहभागी अर्पण अर्याल (५ वर्ष), आभास थापा (१२), कुसुम रेग्मी (१२), अरविन्द खड्का (७), अभिनव लम्साल(७), कोमल कुसुवहा (११), आकार थापा (१०ं), कियान्स कुसुवहा (६), अनिस कार्की (११), सुलभ न्यौपाने (१२) ले अभिनय गरेका थिए ।Bhitta Ko Namaste 5
    नाटक मञ्चनपछि साहित्यकार खगेन्द्र संग्रौलाले भने, ‘यति छोटो कथालाई मैले नाटक लेखेको भए पा“चै मिनेटमा सकिन्थ्यो होला तर यहा“ त नाटकका दृश्यहरु तन्किएर पूर्ण नाटक पो बनेछ, साना साथीहरुले नाटककमा जीवन भरिदिनुभएछ, म प्रफूल्लित भएको छु ।’
    त्यस्तै नेपाली बालसाहित्यका पिता शान्तदास मानन्धरले अभिभावक आफै सक्रिय भएर बालबालिकालाई नाटकघरसम्म ल्याउनु अझ नाटकमै सहभागी गराउनु आफैमा कृतज्ञ हुनुपर्ने भन्दै अभिभावको तारिफ गरे ।Bhitta Ko Namaste 2
    थिएटर सेन्टर फर चिल्ड्रेन (टिसीसी नेपाल) का संस्थापक तथा कला निर्देशक केदार श्रेष्ठले भने, ‘बाल रंगमञ्चलाई मूलधारको रंगमञ्चमा जोड्ने हाम्रो सपनाको बाटो सुरु भएको छ । अभिभावकहरु धन्य हुनुहुन्छ ।’ आफूले रंगमञ्च गर्दा सुरुमा परिवारबाट सद्भाव नपाएको अनुभूति सुनाउ“दै उनले थपे, ‘अनि यी बालबालिकाहरुले नाटकघर ल्याइदिने आमाबाबु पाएका छन्, एक हिसाबले उहा“हरु भाग्यमानी हुनुहुन्छ ।’Child & parents
    कार्यशालाका संयोजक सञ्जीता सञ्जीले यो कार्यशाला वार्षिक कार्ययोजना अन्तर्गत राखिएको जनाउ“दै हरेक वर्ष हुने जनाए । त्यस्तै थिएटर मलमा थिएटर सेन्टर फर चिल्ड्रेनले नियमित बालरंगमञ्चसंग सम्बन्धित कार्य गर्ने पनि बताए ।Final photo
    थिएटर सेन्टर फर चिल्ड्रेन बालबालिकाका लागि मात्र नाटक गर्न खोलिएको नेपालकोे पहिलो नाट्य संस्था हो । थिएटर नाटकघरको निर्माण समेत गरेको यस संस्था चार वर्षदेखि नियमित बालरंगमञ्चमा सक्रिय छ ।