CanadaKhabar.com

Wednesday, January 22, 2025 -
  • नारायणकाजी श्रेष्ठको उपस्थितिमा गोरखा सेवा समाज कतारको नयाँंबर्ष शुभकामना कार्यक्रम सम्पन्न

    नवराज सिंखडा’जिज्ञासु’
    दोहा कतार /अप्रिल १५
    गोरखा सेवा समाज कतारले  नयाँं बर्ष २०७३ को उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ।अप्रिल ३ का दिन दोहाको कर्निसमा रहेको समुन्द्रमा डुङ्गामा सवार गर्दै सस्थाका अध्यक्ष शुदर्शन भट्टको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथिको रुपमा  एकीकृत नेकपा माओबादिका उपाध्यक्ष, पुर्ब उपप्रधानमन्त्री  तथा गोरखा जिल्लावासी नेता नारायणकाजि श्रेस्ठ उपस्थित हुनुहुन्थ्यो।कार्यक्रमको संचालन सस्थाका महासचिब राजेश्वर ढकालले गर्नुभएको थियो ।

    गोरखा सेवा समाज कतारका प्रमुख सल्लाहकार आश ब गुरुङ्ले स्वागत मन्तब्य राख्दै गोरखा सेवा समाज कतारले अहिले शुरु गरेको अक्षयकोष निर्माण अभियानको कार्यक्रमको बारेमा जानकारी गराउनुभएको थियो।उक्त कार्यक्रममा एमाओबादी अन्तरास्ट्रिय ब्युरो सचिब युवराज चौलागाइ,शुशान कर्मचार्य,नेपाली जनप्रगतिशिल मन्च मलेसियाका अध्यक्ष रमेश तिवारी,गोरखा सेवा समाज कतारका संरक्षक बुधबल गुरुङ,बाग्लुङ सेवा समाज् कतारका निबर्तमान अध्यक्ष रमेश भट्ट लगायतले नयाँ बर्षको शुभकामना मन्तब्य राख्नुभएको थियो।शुभकामना मन्तब्य राख्ने क्रममा सेवा समाजका संरक्षक बुधबल गुरुङले गोरखा सेवा समा स्थापनादेखि अहिलेसम्म गरेका कार्यहरु लगायतका बारेमा जानकारी गराउनुभएको थियो।कार्यक्रममा प्रमुख अतिथी श्रेष्ठलाई सस्थाका संरक्षक तथा अध्यक्षद्वारा सम्मानपत्र प्रदान गरिएको थियो।
    qtar gorkha samaj
    शुभकामना मन्तब्यकै क्रममा एमाओबादी अन्तरास्ट्रिय ब्युरो सचिब युवराज चौलागाइले नेपालका राजनितिक दलले सोचेजस्तो केही गर्न नसकेपनी केही उपलब्धिहरु हासिल भएको भन्दै देशलाई सम्बृद्धी र बिकाशको दिशामा अघि बढाउन युवा जगतले नेतालाइ गाली गर्नभन्दा राजनितिमा हात हाल्नुपर्ने कुरा बताउनुभयो।साथै उहाले आफू बिभिन्न देशहरुमा विभिन्न कार्यक्रममा सहभागि भए पनि गोरखा सेवा समाज कतारले गरेको जस्तो कार्यक्रममा अहिलेसम्म सहभागी नभएको र यो आफ्नो पहिलो अनुभूति भएको र आफ्नो जिवनभर अवस्मरणिय रहने बताउनुभयो।साथै उहाले गोरखालिहरुसङ्ग आफ्नो सम्बन्ध जनयुद्धकालदेखि शान्तिप्रकृयासम्म आउदा सधै सुमधुर रहेको भन्दै प्रसंशा गर्नुभएको थियो।

    कार्यक्रममा प्रमुख अतिथिको तर्फबाट बोल्दै नारायणकाजी श्रेष्ठले बाध्यताले परदेश आउन परे पनि मातृभुमिप्रतिको मायालाइ भुल्न नसकेर सङ्गठित भै सहयोगी भावना लिएर अगाडि बढेकोमा मा अक्षयकोष निर्माण अभियान शुरु गरेकोमा आफ्नो र पार्टिको तर्फबाट धन्यबाद ज्ञापन गर्नुभयो।अर्कै कार्यक्रममा आएपनी परदेशमा रहेका गोर्खालिहरुमाझ आफू पनि सहभागी हुने अवसर मिलेकोमा गर्व लागेको भन्दै सबैलाइ नया बर्षको उत्तरोउत्तर प्रगतिको कामना गर्दै बैदेशिक रोजगारिमा देखिएका समस्या समाधान गर्न आफुले सक्दो प्रयास गर्ने बताउनुभयो।
    qatar gorkha samj
    उक्त कार्यक्रममा सस्थाका सास्कृतिक बिभाग प्रमख सन्तोष बन्जाराले गितको माध्यमबाट बैदेशिक रोजगारिमा आउदा ठगिनुपरेको,भुकम्प पछि राहत नपाएको एक घडी रात काट्न पनि टहराक्प भर नभएको तर पनि सरकार उदासिन बनेकाले राजनितिको केन्द्रबिन्दुमा रहनुभएका तपाइजस्ता नेताले यहाका श्रमिकहरुको पिर मर्का बुझेर स्वदेशमा रोजगारिको अवसर सृजना गर्न स्वदेश फर्काउन पहन गर्नुहोस भन्ने आशय ब्यक्त गर्नुभएको थियो।

    कार्यक्रमलाइ समापन गर्दै सभापती भट्टले गोरखा सेवा समाज कतार सधै सामाजिक भावनाको साथ क्रियाशिल रहने भन्दै पुर्ब उपप्रधानमन्त्री जस्तो ब्यक्तिको उपस्थितिमा कार्यक्रम गर्न पाउनु गर्बको कुरा भएको जानाकारी दिदै उक्त अवसर जुटाउने जनप्रगतिशिल मन्च कतारलाइ हार्दिक धन्यबाद ज्ञापन गर्दै औपचारिक कार्यक्रम समापन भएको घोषणा गर्नुभएको थियो।औपचारिक कार्यक्रम सकिएपछी सबैले गित गाउदै नाच्दै गरेर कार्यक्रमलाई थप रौनक र भब्य बनाइएको थियो।