CanadaKhabar.com

Friday, May 10, 2024 -
  • अनुहारमा कालो दाग हटाउने यस्तो छ घरेलु तरिका

     

    तपाईको अनुहारमा आएको कालो दागले हैरान हुनु भएको छ भने अब चिन्ता लिनुपर्दैन । यसका लागि तपाईले सामान्य घरेलु उपायका माध्यममार्फत मुखको कालो धब्बा अर्थात दाग हटाउन सक्नु हुनेछ । कालो दाग हटाउनका लागि धेरै क्रिम प्रयोग गर्दा त्यसले छालामा झन् नकारात्मक असर पुगाउन सक्छ ।pimople face

    नीमको रस

    प्राकृतिक एसिडिटी तत्व भएका कारण नीमको रस कार्बनिक ब्लिचिंग एजेन्टका रूपमा काम गर्छ । तपाईको मुखको कालो दाग अर्थात धब्बालाई हल्का कम गराउन मद्दत गर्छ । कालो दाग भएको स्थानमा नीमको रस प्रत्येक दिन लगाउँदा धेरै फाइदा पुग्छ । नीमको रसमा चिनी पनि मिसाएर घोल बनाइ लगाउँदा पनि राम्रो हुन्छ । यो कार्य दुई महिनासम्म गर्नुपर्छ ।

    बटर मिल्क

    बटर मिल्कमा रहने लैक्टिक एसिडले अनुहारलाई धेरै राम्रो गर्छ । कालो दाग हटाउन बटर मिल्कको सहयोग पनि लिन सकिन्छ । थोरै बटर मिल्क लिएर कालो दाग भएको स्थानमा केही मिनट लगाएर सफा पानीले सफा गरेमा राम्रो फाइदा हुन्छ ।

    एलोवेरा

    एलोवेरालाई आगोले पोलेको बेला लगाएर निको पार्न पनि सकिन्छ । एलोवेराले अनुहारको कालो धब्बालाई पनि हटाउन मद्दत गर्छ । एलोवेराले लुब्रिकेंटको रूपमा प्रयोग गर्न सकिन्छ । यो लगाएपछि ४५ मिनटसम्म राख्नु पर्छ । त्यसपछि सफा पानीले सफा गर्ने । एलोवेराको जुसलाई खाली पेटमा ठूलो चम्चाको दुई चम्चा खाने गर्नाले पनि फाइदा पुग्छ ।

    दही

    दहीमा लैक्टिक एसिडको मात्रा हुन्छ । दही कालो दाग भएको स्थानमा लगाउँदा त्यसले पनि केही हदसम्म दागलाई हटाउन मद्दत गर्छ । सूर्यको किरणले हुने अनुहारमा पार्ने असरलाई पनि दही नियमित लगाउनाले मद्दत मिल्ने गर्छ ।

    चन्दन

    चन्दन एक प्रकारको उच्च एन्टीसेप्टिक औषधि हो । यसले एन्टीआक्सीडेंट एजेंटको काम गर्छ । काले दाग रहेको स्थानमा चन्दनको पाउडरमा ग्लिसरीन, गुलाब जल र कागती रस मिसाएर पेस्ट बनाइ लगाउँदा पनि उचित हुनछ ।

    आलु

    आलुको टुक्राले पनि कालो दाग हटाउन सहयोग गर्छ । तपाईले आलुको टुक्रालाई कालो धब्बा भएको स्थानमा लगाउँदा पनि हुन्छ । यसले अनुहारलाई सहयोग मिल्छ । आलुको टुक्रालाई १५ मिनटसम्म कालो दाग रहेको स्थानमा राखेर हटाउनु पर्छ । यसमा आलुका साथै कागतीको रस, दुध पनि मिसाउँदा अति उत्तम हुन्छ ।