CanadaKhabar.com

Wednesday, January 22, 2025 -
  • टर्कीमा जमेका नेपाली चिकित्सक

    काठमाडौं– सिरहा गोलबजाका एक नेपाली युवालाई टर्की सरकारले बालरोग तथ नवजात शिशु चिकित्साका क्षेत्रमा विशिष्ट सेवा पुर्याएवापत ‘वर्ष चिकित्सक’ का रुपमा सम्मानित गरेको छ ।

    नेपाल सरकारको छात्रवृत्ति पाएर सन् २००० मा टर्कीको अन्कारामा एमबीबीएस अध्ययन गर्न गएका विनोदकुमार शाह कामको अवसर पाएर अन्कारास्थित लोकमान हेकिम हस्पिटलमा सेवारत थिए । अन्कारा युनिभर्सिटीबाट बालरोग तथा नवजात शिशु स्याहारमा एमबीबीएस र एमडी गरेपछि साह अध्ययनअनुसारको चिकित्सा सेवामा थिए । ‘टर्कीको स्वास्थ्य मन्त्रालयले हरेक बर्ष गर्ने चिकित्सकीय सर्वेक्षणमा बालरोग तथा नवजात शिशु उपचार क्षेत्रमा मलाई बर्ष २०१५ को उत्कृष्ट चिकित्सकको सम्मान दिएको हो,’ डा.शाहले भने । टर्कीका राष्ट्रपति एवं प्रधानमन्त्रीको उपस्थितिमा त्यहाँका स्वास्थ्यमन्त्रीले प्रदान गर्ने उत्कृष्ट चिकित्सकको सम्मानलाई सामाजिक क्षेत्रमा राष्ट्रले दिने विशिष्ट पहिचान मान्ने गरिएको छ ।

    डा.साहले आफ्नो अध्ययन र अनुभवलाई नेपालमै उपयोग गर्न जतिसक्दो चाँडो नेपाल फर्कने योजना बनाएका छन् । उनका बुझाइमा, नवजात शिशुको मृत्युदर हेर्ने हो भने पनि नेपालजस्ता विकासोन्मुख मुलुकको स्थिति कहालीलाग्दो रहेको र यसो हुनुमा स्वास्थ्य सरोकारवालासँगै महिला शिक्षारसचेतना कार्यक्रमको प्रभावकारिता रहन नसकेको स्थिति नेपालमा कायम छ । पश्चिमा विकसित देशमा प्रति १ हजार नवजात बच्चामा ४ देखि १० को मृत्यु हुने गरेकोमा नेपालमा यो संख्या ४५ सम्म रहेको तथ्यांक आफैंमा डरलाग्दो रहेको उनले बताए । आजको कान्तिपुर दैनिकमा खबर छ ।