CanadaKhabar.com

Wednesday, January 22, 2025 -
  • २१ देशमा नयाँं राजदुत सिफारिस, मन्त्री ज्यु अब महामहीम

    नविन पन्थी
    काठमाडौं

    मंगलवार बसेको मत्रिपरिषद बैठकले २१ देशमा नयाँं राजदुतलाई सिफारिस गरेको छ । सिफारिस गरिएका अधिकांश राजदुत राजनैतीक पार्टिको भगवाण्डाबाट छानिएको हो । २१ राजदुत मध्य ८ जना परराष्ट्र मन्त्रालयका कर्मचारी हुन् ।
    अचम्मको कुरा नेपाल सरकारका पुर्व मन्त्री महेन्द्र बहादुर पाण्डे समेत अब राजदुत हुँदैछन । एमाले नेता पाण्डे चिनका लागि राजदुत हुने प्रस्तावमा परेका छन् ।
    माओवादी नेत्री लक्की शेर्पा अष्ट्रेलिया एमाले नेता युवराज कार्की दक्षिण कोरिया, नारद भारतद्धाज श्रीलंका खढ्ग केसी जापान डा. शिवमाया तुम्वाहम्फे इजरायलका लागि नेपाली राजदूतमा सिफारिस भएका छन् ।

    बेलायतका लागि परराष्ट्रका दुवसु क्षेत्री, प्रकाश सुवेदी अष्ट्रिया, रमेश खनाल जर्मनी, झविन्द्र अर्याल इजिप्ट, सेवा लम्साल अधिकारी पाकिस्तान पदम सुन्दास बहराइन र लोकबहादुर थापा बेल्जियमका लागि राजदूत सिफारिस भएका छन् । पूर्वमन्त्री निरन्जन थापा रसियाका लागि राजदूत सिफारिस भएका छन् । उनी राप्रपा नेपालका नेता हुन् ।
    परराष्ट्रका कर्मचारी ऋषि घिमिरे म्यानमार र तारा पोखरेल ब्राजिलका लागि नेपाली राजदूतमा सिफारिस भएका छन् ।

    त्यस्तै युवनाथ लम्साल डेनमार्क, डा. खडग केसी जापान, भरतबहादुर रायमाझी यूएई, महेन्द्र सिंह कतार, खगेन्द्र बस्नेत बंगलादेश र अलिअख्तर मिकरानी सउदी अरेवियाका लागि राजदूत सिफारिस भएका छन् ।