CanadaKhabar.com

Wednesday, January 22, 2025 -
  • क्यानडाको संसदमा नेपाली नयाँं वर्ष

    क्यानडा,अप्रिल १८
    क्यानडाको संसदभित्र पहिलोपटक नेपाली नयाँ वर्ष मनाइएको छ । क्यानेडियन व्यवस्थापिका संसदका विपक्षी दलका नेता प्याट्रिक ब्राउन तथा संसद सदस्य लोर्नी कोईले नेपाली नयाँ वर्षको अवसर पारेर हिजो आइतवार नेपाली मूलका क्यानेडियनहरुलाई आमन्त्रण गरी नयाँ वर्षको शुभकामना आदान प्रदान गरे । उनीहरुले सहभागी नेपालीहरुलाई दिवाभोज सहित सामुदायिक अन्तरक्रिया समेत गरेका थिए । सोही कार्यक्रममा सहभागी हुनु भएका क्यानडाको ब्रम्टन निवासी ब्रम्टन माउन्ट एभरेष्ट लायन्स क्लबका अध्यक्ष मित्र काफ्लेका अनुसार,क्यानाडाको संसदभित्र पहिलोपटक यसरी नयाँ वर्ष मनाइएको हो ।
    canada metting (3)
    जसले गर्दा भविश्यमा नेपाली समुदायका लागि अन्य अवसर समेत खोज्न सहज हुनेछ । यो कार्यक्रमको समन्वय गर्न महा वाणिज्यदूत डाक्टर कुन्जर शर्मा लगायत अन्य प्रतिष्ठित नेपाली प्रतिनिधिहरुले पहल गरेका थिए ।

    संसदमा विपक्षी नेता ब्राउनलाई गत अक्टुबरमा सम्पन्न निर्वाचनमा विजयी गराउन नेपाली मूलका क्यानेडियनहरुले सहयोग गरेका थिए । नेपालीहरुले गरेको सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै नेता ब्राउनले यो भेटघाटका लागि पहल गरेका थिए । शुभकामना आदान प्रदान एवं अन्तरक्रिया कार्यक्रममा कार्यक्रमलाई क्यानडाका लागि नेपाली राजदूत कालीप्रसाद पोखरेल,महा-वाणिज्यदूत डाक्टर कुञ्जर शर्मा,क्यानेडियाली संसद सदस्य लोर्नी कोईलगायतले शुभकामना सहीत मन्तव्य व्यक्त गरेका थिए ।
    canada metting (2)
    पहिलो चरणको शुभकामना आदानप्रदानपछि प्रश्नोत्तरसहितको अन्तरक्रिया सुरु भएको थियो । सहभागी नेपालीहरुले क्यानडा आप्रवासमा रहेका नेपालीहरु र नेपालका लागि समेत क्यानडा सरकार प्रोग्रेसिभ कन्जरभेटिभ पार्टीको सहयोगका लागि आग्रह गरेका थिए । गत वर्ष नेपालमा गएको महाभूकम्पका बेला क्यानडा सरकार र यहाँ रहेका नेपालीहरुले उल्लेख्य सहयोग गरेका थिए । यसैगरी भूकम्पपछिको पुनर्निर्माणमा पनि सक्दो सहयोगका लागि पहल गर्ने साम्सद कोइले आश्वासन दिएका थिए ।

    सहभागी नेपालीहरुले नेपालमा क्यानेडियन कन्सुलेट अफिस स्थापनाका लागि क्यानडाको संघीय सरकारसंग आग्रह गर्दै यता क्यानडाको ग्रेटर टोरन्टो क्षेत्रमा नेपाली सामुदायिक भवन निर्माणका लागि सहयोग गर्न आग्रह गरेका थिए । जवाफमा सांसद कोइले यसका लागि आफुले पहल गर्ने आश्वासन दिएको लायन्स क्लबका अध्यक्ष काफ्लेले जानकारी दिएका छन् । globenepl