CanadaKhabar.com

Wednesday, January 22, 2025 -
  • देवकीः ‘इनसर्च अफ देवी’ को विशेष प्रिमियर

    काठमाडौँ, वैशाख ७ ।

    सुदूरपश्चिका केही जिल्लामा समाजमा कुरितीको रुपमा व्याप्ते ‘देउकी’ प्रथाको बारेमा तयार भएको वृत्तचित्र देवकीःइन सर्च अफ देविको विशेष प्रिमियर सो भएको छ ।

    नेपालको इतिहासमा उन्मुलन भइसकेको भनेर भनिएको यो प्रथाको अझै पनि चलिरहेको प्रमाणसहित अनुसन्धान गरी तयार पारिएको वृत्तचित्र काठमाडौँमा पत्रकार तथा राजनीतिक दलका नेता तथा महिला अधिकारकर्मीको माझमा विशेष प्रदर्शन गरिएको हो ।

    उक्त वृत्तचित्र हेरेपछि नेपाली काँग्रेसका नेता दिलेन्द्र प्रसाद बढुले आँफूहरुले उन्मुलन भएको भनेर ठानिरहेको देउकी प्रथा अन्त्यका लागि प्रतिवद्धता जनाएका छन्र ।

    देउकी प्रथाबारे तयार पारिएको वृत्तचित्र हेर्दा अखिलकी अध्यक्ष नविना लामाले आँशु झार्दै भनिन्, ‘मैलेव सुनेको थिएँ, म केही भन्न सकिन्, देवकी जीलाई बधाई ।’
    evaki
    वृत्तचित्रमा देउकी प्रथा कहिले, कहाँबाट, कसरी शुरु भएको भन्ने बारेमा जानकारी दिनुका साथै विभिन्न समयमा चढाइएका देउकीहरुको खोजी यो वृत्तचित्रमा रहेको छ । देउकी चढाउने कार्य अहिले पनि लुकीछिपी भइरहेको छ ।

    देउकी प्रथाको खोजीका क्रममा माओवादीको १२ वर्षे जनयुद्धको समयमा माओवादीको डरका कारण देउकी प्रथामा धेरै नै कमी आएको पाइए पनि अझै पनि यो प्रथा कायम रहेको यथार्थलाई चिर्दै तयार पारिएको वृत्तचित्र निर्देशक देवकी विष्टले जानकारी दिइन् ।

    वृत्तचित्र हेरिसकेपछि रक्षा नेपालकी अध्यक्ष मेनुका थापाले नेपालमा महिलामाथि हुने हिंसा अन्त्यका लागि पुरुषहरुको पनि साथ चाहिने भन्दै त्यसका लागि सहयोग गर्न आग्रह गरिन् । कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादीका नेता लेखनाथ न्यौपानेले सामाजिक क्षेत्रमा सफल प्रयास गरेको भन्दै राजनीतिक नेतृत्वलाई यो अवस्था हेर्दा लाज लाग्नु पर्ने बताए ।