CanadaKhabar.com

Sunday, May 19, 2024 -
  • टोकियोमा हुने ‘म्युजिक मेला’ को तयारी अन्तिम चरणमा

    टोकियो । जापानको टोकियोमा यही मे १ तारिखका दिन आयोजना गर्न लागिएको म्युजिक मेलाको तयारी अन्तिम चरणमा पुगेको छ ।

    मिडिया म्यासेजद्वारा सञ्चालित नेपाल सन्देश डट कमको तेस्रो वार्षिक उत्सवको अवसरमा मे १ तारिख आइतबार म्युजिक मेलाको आयोजना गर्न लागिएको हो ।

    म्युजिक मेलाको तयारी अन्तिम चरणमा पुगेको र टिकट बिक्रीको काम धमाधम भइरहेको कार्यक्रम संयोजक तथा मिडिया म्यासेज प्रा.लि.का प्रबन्ध निर्देशक नविन निउरेले जानकारी दिए । japan maa program musice melaa
    म्युजिक मेलाका लागि नेपालबाट चर्चित कलाकारहरु सुगम पोखरेल, सम्झना लामिछाने मगर, र्यापर निर्णय ‘एनएसके’, सहिमा श्रेष्ठ, नविन पौडेल जापान आउँदैछन् । साथै हाँस्य कलाकार कुमार श्रेष्ठ (फर्सिलाल) को समेत विशेष प्रस्तुती रहनेछ l

    कार्यक्रम मे १ तारिखमा टोकियोस्थित ओता सिटी हल इकेगामी खाइकानमा हुनेछ । मे १ तारिख बेलुका ४ बजेदेखि सुरु हुने म्युजिक मेलामा सहभागी हुन सम्पूर्ण जापानबासी नेपालीहरुमा प्रा.लिले अनुरोध गरेको छ ।

    म्युजिक मेलाका टिकटहरु जापानको टोकियोका विभिन्न स्थानमा टिकट विक्री भइरहेको निउरेले जानकारी दिए ।