CanadaKhabar.com

Sunday, May 19, 2024 -
  • अमेरीकी विदेश सचिव जोन केरी नेपाल आउने

    काठमाडौं, १४ वैशाख । अमेरिका भ्रमणमा रहेका उप–प्रधान तथा परराष्ट्रमन्त्री कमल थापा र अमेरिकी विदेश सचिव जोन केरीबीच भेटवार्ता भएको छ ।

    राष्ट्रपति बाराक ओबामाका प्रमुख विदेश सल्लाहाकार समेत रहेका केरी र थापाबीच नेपालको राजनीतिक अवस्था र भूकम्पपछिको पुर्ननिर्माणको विषयमा छलफल भएको अमेरिका स्थित नेपाली राजदूतावासले जनाएको छ ।

    वासिङ्टन डिसी स्थित विदेश सचिवको कार्यालयको भेटमा थापाले केरीलाई नेपाल भ्रमणमा आउन निम्ता दिएका छन् । केरीले यो वर्षको अन्तिममा नेपाल भ्रमणमा आउने बताएका छन् ।

    Deputy Prime Minister and Minister for Foreign Affairs Kamal Thapa shake hands with The U.S. Secretary of State and the President’s Chief Foreign Affairs Advisor John F. Kerry during an official visit at U.S. Department of State, Washington D.C on Monday, April 25.Deputy Prime Minister and Minister for Foreign Affairs Kamal Thapa shake hands with The U.S. Secretary of State and the President’s Chief Foreign Affairs Advisor John F. Kerry during an official visit at U.S. Department of State, Washington D.C on Monday, April 25.

    उप–प्रधान तथा परराष्ट्रमन्त्री थापाले नेपालको वर्तमान राजनीतिक अवस्था, संविधान घोषणा, भूकम्पपछिको पुर्ननिर्माणको विषयमा जोन केरीलाई विस्तृत जानकारी दिएका थिए । भेटका क्रममा पुर्ननिर्माणको लागि अमेरिकी सहयोगको सराहाना गर्दै थापाले आगामी दिनमा पनि सहयोगको अपेक्षा गरेको बताएका थिए । जोनकेरीले संविधान घोषणाको लागि नेपाल सरकारलाई बधाई दिँदै जनभावनाको संबोधन गरेर जान नेपाल सरकार अगाडी बढ्ने विश्वास व्यक्त गरे ।
    आफूहरुले नेपालको शान्ति, स्थिरता र आर्थिक विकासको लागि अमेरिका जस्तो सुकै सहयोग गर्न तत्पर रहेको भन्दै केरीले नेपालले भरपुर उपयोग गर्न सक्ने उल्लेख गरे । भेटका क्रममा अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कुमार कार्की, नेपाली राजदूतावासका मिसन उपप्रमुख ऋषिराम घिमिरे लगायत सहभागी थिए । नेपाली राजदूत डा. कार्की यो  भेटवार्ताका लागि सक्रिय रहेका थिए ।