CanadaKhabar.com

Sunday, May 19, 2024 -
  • भेडा चराउने केटी बनिन् शिक्षा मन्त्री (तस्विर सहित)

    १३ बैशाख, एजेन्सी ।

    तपाइँ सोंच्न सक्नु हुन्छ कुनै भेंडा चराउने एक मुस्लिम परिवारकी केटी ठूलो लोकतान्त्रिक देशको शिक्षा मन्त्री बन्न सक्लिन्  ?  त्यसमाथि पनि युरोपमा मुस्लिम परिवारबाट आएकी केटी मन्त्री बन्ने कुरा असम्भव जस्तो नै लाग्छ । तर यो संसारमा असम्भव भन्ने कुरा केही पनि छैन ।french-education-minister-2
    मोरक्कोको एक सामान्य मुस्लिम परिवारमा जन्मिएकी एक युवती अहिले फ्रान्सको प्रथम महिला शिक्षा मन्त्री बनेकी छिन् । १९७७ मा जन्मिएकी नजत बेल्कासेमका पिता बल्डिङ कन्सट्रक्सनमा काम गर्थे । उनले भेँडा चराउने र त्यसकै दुध बेचेर परिवार पाल्थे ।
    भेँडा चराएर फर्किएपछि मात्र नजत पढ्न पाउँथिन् । धेरै पैसा कमाउने सोंचेर नजतका पिता फ्रान्स आए र छोरीलाई पनि त्यहीँ बोलाए ।

    french-education-minister-1
    ब्यक्तिगत तवरमा मेहनत गर्दै पढाइ अघि बढाएर सन् २००२ मा पेरिस इन्स्टिट्यूट अफ पोलिटिकल स्टडिजमा ग्र्याजुएसन गरेकी नजत सोशलिष्ट पार्टीमा प्रवेश गरेर नागरिक अधिकारको आन्दोलन शुरु गरिन् । उनले नागरिकहरुलाई सस्तो घर दिलाउने आन्दोलनको नेतृत्व गरिन् ।

    सन् २००८ मा उनी रोन अलपाइनबाट काउन्सिल मेम्बर बनिन् । त्यसपछि उनले लगातार चुनाव जित्दै आएकी छिन् । सन् २०१२ मा नजतलाई महिला अधिकार मन्त्री बनाइयो । राष्ट्रपति फ्रान्स्वाँ ओलाण्डले उनलाई आफ्ना प्रवक्ता नै नियुक्त गरे ।

    सन् २०१५ मा उनी देशको पहिलो महिल शिक्षा मन्त्री बनेकी छिन् ।

    नेपालीहेड्लाइन्सको सहयोगमा