CanadaKhabar.com

Friday, July 24, 2026 -

बौद्धमार्गी विद्यार्थीहरु संगठित हुँदै

काठमाडौं । बौद्धमार्गी विद्यार्थी संगठनहरुले छाता संगठन निर्माणको लागि पहल थालेका छन् । राजधानीमा प्ररम्भिक छलफल गर्न भेला भएका विद्यार्थी संगठनले नेपाल बौद्ध विद्यार्थी महासंघ गठनका लागि पहल थालेका हुन् ।

बौद्धमार्गी विद्यार्थी संगठनहरु शेर्पा, मगर, तामाङ, थारु, नेवार, ह्योल्मो-योल्मोपा, गुरुङ, भोटे लगायतले महासंघ गठनका लागि पहल थालेको भेला आयोजना गर्न संयोजनको भूमिका निर्वाह गरेका नेपाल शेर्पा विद्यार्थी मञ्चका बरिष्ठ उपाध्यक्ष साङ्गे मिङमा शेर्पाले जानकारी दिए ।studendt

नेपाल बौद्ध महासंघका अध्यक्ष फुपु छेम्पे शेर्पाको विशेष उपस्थितीमा भएको भेलाले छिट्टै वृहत्त भेला आयोजना गरेर महासंघ घोषण गर्न ७ सदस्यीय तयारी समिति गठन गरेका छन् ।

साङ्गे मिङमा शेर्पाको अध्यक्षतामा गठित तयारी समितिले महासंघ गठनको लागि अवधारण पत्र तयार गरेर पेश गर्ने समेत निर्णय गरेको छ । विभिन्न घटक संगठन र आदिवासी विद्यार्थीहरुको समेत समर्थनमा संगठन विस्तार गर्न लागेको र संगठनले बुद्धका विचार, दर्शन र सिद्धान्तलाई आत्मसाथ गर्दै बौद्ध विद्यार्थीहरुको हकहितका लागि भूमिका निर्वाह गर्ने नेवा विद्यार्थी दवुका नेवाना तण्डुकारले जानकारी दिइन् । भेलामा नेपाल शेर्पा विद्यार्थी मञ्चका अध्यक्ष निमा दोर्जे शेर्पालगायतले आफ्नो विचार राखे ।