CanadaKhabar.com

Monday, June 22, 2026 -

सामाजिक संजालमा टिप्पणी गर्दा क्यानडियन नागरिक पक्राउ

गोकर्ण लामिछाने

३ मे

बिगत तीन वर्ष देखी नेपाल बस्दै आएका क्यानडियन  नागरिक रोबर्ट पेन्नरलाई नेपाल प्रहरीले ललितपुरबाट पक्राउ गरेको छ ।   नेपालका विषयमा सामाजिक सञ्जालमार्फत अनावश्यक टिका टिप्पणी गरेको आरोपमा उनी उक्राउ परेका हुन । रोबर्ट पेन्नरलाई अध्यागमन विभागको अनुरोधमा ललितपुरबाट प्रहरीले पक्राउ गरेको हो ।02052016051021penner-1000x0

उनी भिन्नाभिन्नै प्रवेशाज्ञाका नाममा विगत तीन-चार वर्षदेखि नेपालमा बस्दै आएका थिए । हाल कामदार प्रवेशाज्ञामा बस्दै आएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

सामाजिक सञ्जालमार्फत नेपालको सामाजिक सद्भाव भड्काउने गरी टिप्पणी गर्दै आएको उजुरीका आधारमा छानबिनका लागि पक्राउ अध्यागमन विभागका महानिर्देशक केदार न्यौपानेले बाताए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम कारबाहीका विषयमा समेत सामाजिक सञ्जालमा टिप्पणी गर्दै आएका थिए ।

कामदार प्रवेशाज्ञामा आएको व्यक्तिले सोहीअनुरुप काम गर्नुको साटो सम्बन्धित देशको राजनीतिक विषयमा टिप्पणी गर्नु अध्यागमन कानुनविपरीत मानिन्छ ।
उनले तराई आन्दोलनको विषयमा सामाजिक संजाल मार्फत विभिन्न टिप्पणी लेख्ने गर्दै आएका थिए
पछिल्लो समय पत्रकार कनमणी दीक्षितलाई अख्तियारले पक्राउ गरेको विषयमा पनि उनले विवादास्पद टिप्पणी आफ्नो ट्युटर मा लेखेका थिए ।
पक्राउ परे लगत्तै रोवर्टले आफू पक्राउ पर्नुको कारण सोध्दै ट्युइट गरेका छन् ।