CanadaKhabar.com

Thursday, December 26, 2024 -
  • आइभिएस्ए नेपालको आयोजनामा अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

    IVSA Nepal १काठमाडाैं । कृषि तथा वन विज्ञान विश्वविद्यालयमा आइभिएस्ए नेपाल (IVSA Nepal) ले “इन्टरनेशनल कन्फ्रेन्स् अन् लाइफ्स्टाइल् , एनिमल् वेल्फेयर् एण्ड् भेटेरिनरि स्टडीज्” शीर्षकमा अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न गरेको छ ।

    इन्टरनेशनल भेटिनरी स्टुडेन्ट एसोसियसन नेपालले आइभिएस्ए ब्रानो (IVSA Brano) बाट आएका १० जना अधिकृत सदस्यहरुलाइ केहि दिन अघि स्वागत गरेको थियो ।

    चेक रिपब्लिक र स्लोभाकियाकाे ब्रानो सहरमा अवस्थित युनिभरसिटी ब्रानोमा अध्ययनरत आइभिएस्ए ब्रानोका अधिकृतहरुका तर्फबाट यारास्लोभ स्काला र मारकेटा हालाडोबाले अन्तर्राष्ट्रिय सम्मेलनमा प्रतिनिधित्व गर्दै प्रस्तुती प्रस्तुत गरेका थिए ।

    अन्तर्राष्ट्रिय सम्मेलनमा पक्लिहवा क्याम्पस, कृषि तथा वन विज्ञान अध्ययन संस्थानबाट दुर्इ जना र कृषि तथा वनविज्ञान विश्वविद्यालयबाट २ जनाले अाफ्नाे प्रस्तुती दिएका थिए ।

    कार्यक्रम आइभिएस्ए नेपालका अध्यक्ष युवराज पन्थको अध्यक्षतामा भएको थियो । आइभिएस्ए नेपालले स्थापनाकालको तेस्रो वर्षमा नै निकै धेरै योगदान पुर्याइसकेको र अन्तर्राष्ट्रिय स्तरको कर्यक्रम गर्न तयार भएकोले यो सम्मेलन गरिएको उनले बताए ।

    नेपालका विद्यार्थी संगठनले आयोजना गरेकोमा यो पहिलो अन्तर्राष्ट्रिय सम्मेलन भएको उन्को दाबी छ । आइभिएस्ए नेपालले पछिल्लो पटक विश्वविद्यालयलाइ २० ओटा ल्याप्टप र एउटा प्रिन्टर अनुदानमा बुझाएको थियो ।

    IVSA Nepal