काठमाडौं । एकीकृत नेकपा माओवादीले अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने औपचारिक निर्णय गरेको छ ।
पार्टी अध्यक्ष प्रचण्डको लाजिम्पाटस्थित निवासमा बुधबार बसेको एमाओवादी पदाधिकारी बैठकले राष्ट्रिय सहमतिको सरकार गठन गर्ने निर्णय गरेको हो ।
एमाओवादीले एमाले, कांग्रेस, राप्रपा नेपाललगायत सबै दललाई एकीकृत माओवादी नेतृत्वमा गठन हुने सहमतिको सरकारमा सहभागी हुन अपीलसमेत गरेको छ ।
राष्ट्रिय स्वाधिनता, संविधानको कार्यान्वयन, शान्ति प्रक्रिया, पुनर्निर्माण लगायतका विषयलाई केन्द्रविन्दुमा राखेर केपी ओलीको नेतृत्वलाई समर्थन गर्दा पनि सरकारबाट उत्कृष्ट काम हुन नसकेको एमाओवादीको निश्कर्ष छ ।
एमाओवादी पदाधिकारी बैठकले अब एमाओवादीकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने निर्णय गर्दै यसमा साथ दिन सबै दललाई अपील गर्ने निर्णय गरेको महासचिव कृष्णबहालुर महराले बताए ।