CanadaKhabar.com

Wednesday, May 6, 2026 -

भिषण आगलागीपछि क्यानडाको अलबर्टामा संकटकाल

ओटावा । भिषण आगालागीपछि क्यानडाको अलबर्टा राज्यमा संकटकालको घोषणा गरिएको छ ।

आगलागीका कारण अहिलेसम्म करिब ८८ हजार मानिसहरु उक्त राज्यबाट अन्यत्र सर्न बाध्य भएका छन् । अधिकारीहरुले सहरका अधिकांश क्षेत्र आगलागीको चपेटामा परेको भन्दै आगामी २४ घन्टा उच्च सतर्क रहन आग्रह गरेका छन् ।

तिव्र गतिमा फैलिरहेको आगोले १६ सय संरचनामा क्षति पुगेको बताइएको छ । आगो नियन्त्रणका लागि सयौं उद्धारकर्मी तथा हेलिकप्टरसमेत परिचालन गरिएको छ ।

आगलागीका कारण सो क्षेत्रमा रहेका तेल उत्पादन कम्पनीले उत्पादनमा कटौती गरेका छन् भने अलबर्टा क्षेत्रमा रहेका तेलका पाइपलाइन पनि बन्द गरिएको छ ।

canada

canada 1

canada 2

canada 3