CanadaKhabar.com

Wednesday, December 25, 2024 -
  • देशभरका ४७ जिल्लामा जापानिज इन्सेफ्लाइटिस् विरुद्धको खोप

    Khopकाठमाडौं । सरकारले देशभरका ४७ जिल्लामा आइतबारदेखि जापानिज इन्सेफ्लाइटिस् विरुद्धको खोप अभियान सुरु गर्दैछ ।

    अभियानका क्रममा १ वर्षदेखि देखि १५ वर्ष उमेर समूहका करिब ३७ लाख बालबालिकालाई जापानिज इन्सेफ्लाइटिस् विरुद्धको खोप दिइने स्वास्थ्य मन्त्रालय बाल स्वास्थ्य महाशाखाले जनाएको छ ।

    यसअघि तराईमा मात्रै देखिने गरेको जापानिज इन्सेफ्लाइटिस पहाडी र हिमाली जिल्लामा समेत देखिन थालेपछि यी जिल्लाहरुलाई समेत समेटेर ४७ जिल्लामा अभियान सञ्चालन गर्न लागिएको हो ।

    सबै वडा र केन्द्रमार्फत जापानिज इन्सेफ्लाईटिस् विरुद्धको खोप दिईने महाशाखाले जनाएको छ । खोप अभियान एक महिनासम्म चल्नेछ ।

    लामखुट्टेको टोकाइबाट हुने जापानिज इन्सेफ्लाइटिस्को सम्भावनालाई रोक्न हिमाली र पहाडी जिल्लामा पनि खोप सञ्चालन गर्न लागिएको हो ।