CanadaKhabar.com

Wednesday, December 25, 2024 -
  • क्यानडाको अल्बर्टामा लागेको आगो छिमेकी राज्यमा फैलिने खतरा

    ओटावा । क्यानडाको अल्बर्टामा लागेको भिषण आगलागी छिमेकी राज्य सस्केचेवानमा समेत फैलिन सक्ने अधिकारीहरुले बताएका छन् ।

    करिब एक सातादेखि अल्बर्टामा लागिरहेको भिषण आगलागी नियन्त्रणका लागि सयौ उद्दारकर्मी तथा स्थल र हवाई क्षेत्रबाट समेत प्रयास गरिएको भएपनि अझै सम्भव हुन सकेको छैन ।

    आगलागीका कारण अहिलेसम्म लाखौ मानिसहरु विस्थापित भइसकेका छन् ।Canada fire 1

    आगलागीका कारण अल्बर्टाको फोर्ट म्याकमरीमा मात्रै ८० हजारभन्दा बढी स्थानीयलाई अन्यत्र सारिएको थियो ।

    हजारौ अझै सहरको उत्तरी भागमा फसिरहेको र उनीहरुको उद्दार अझै हुन नसकेको जनाइएको छ । अल्बर्टाका प्रिमियर राचेल नोटलीले आगो नियन्त्रणका लागि गरिएका कुनै पनि उपायहरुले काम नगरेको बताएका छन् ।

    Canada fire 2

    अहिलेसम्म आगलागीका कारण २ लाख हेक्टरभन्दा बढी जंगल क्षेत्र नष्ट भइसकेको छ । उक्त क्षेत्रमा आइतबार र सोमबार बर्षाको सम्भावना रहेको त्यहाँको मौसम विभागले जनाएको छ ।

    Canada fire 3

    canada_forest_fire_before