एजेन्सी । भारतीय क्रिकेटर युवराज सिंहले भारतीय टिमका पूर्व स्टार ब्याट्सम्यान सचिन तेन्दुलकरको खुट्टा छोएर आर्शिवाद मागेका छन् ।
बिशाखापत्तनममा मुम्बई इण्डियन्स र सनराइजर्स हैदरावादबीच भएको खेलपछि युवराज सिंहले मास्टर ब्लास्टर सचिन तेन्दुलकरको खुट्टा ढाेगेका हुन् । सचिन हाल मुम्बईको प्रशिक्षकको रुपमा रहेका छन् ।
यस खेलमा मुम्बई ८५ रनले पराजित भयो । आईपीएलमा युवराज सिंहको त्यो एक सयौं खेल थियो । यसमा उनले २३ बलमा ३९ रनको पारी खेले । आउट भएपछि उनी तेन्दुलकरको पाउमा परेका हुन् ।