सिन्धुली । एकीकृत माअाेवादीका नेता हरिबाेल गजुरेलले फेरि पनि राष्ट्रिय सरकारका लागि प्रयास गर्ने बताएका छन् ।
अाेली सरकारका कृषिमन्त्री समेत रहेका गजुरेलले राष्ट्रिय सरकार गठनमा एमाओवादी अहिले असफल भएपनि फेरि प्रयास गर्ने बताएका हुन् ।
प्रगतिशील उमावि झागाझोली रातमाटाको भवनको शिलान्यास गर्दै उनले देशको विकास र संविधान कार्यान्वयनका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक बताए ।
अहिले राष्ट्रिय सहमतिको सरकार गठन नभएमा नेपालको राजनीतिक घटनाक्रममा २०१७ र २०५८ साल ब्युँतन सक्ने भन्दै दलहरुले बेलैमा सचेतपूर्वक सहमतिको सरकार गठन गर्नुपर्ने बताए ।
नेपालमा राजनीतिक परिवर्तन भएपनि राज्य परिवर्तन हुन नसकेको उनकाे भनार्इ थियाे ।
नेपालमा लामो समय र ठूलो सङ्घर्षपछि संविधान जारी गरे पनि यसको कार्यान्वयनमा चुनौती रहेको बताउँदै गजुरेलले संविधान कार्यान्वयनका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेकामा जोड दिए ।