एजेन्सी । हत्याकाे धम्कीपछि भारतीय काँग्रेस पार्टीका नेता राहुल गान्धीकाे दक्षिण भारतकाे भ्रमणा रद्द भएकाे छ ।
साेनिया गान्धीपछि दाेस्राे वरियतामा रहेका नेता राहुलले हत्याकाे धम्कीपछि दक्षिणी भारतको भ्रमण पनि रद्द गरेका हुन् ।
उनले पडुचोरी, तामिल नाडु, केरला लगायतका दक्षिणी भारतीय क्षेत्रको भ्रमण गर्ने बताइएकाे थियाे ।
सोमबार राति धम्की आएपछि उनले भ्रमण रद्द गर्नुपरेको भारतीय सञ्चारमाध्मले जनाएका छन् । गान्धीले भने आफ्नो भ्रमण रद्द गर्नुपरेकोमा क्षमा याचना गरेका छन् ।
उनी यही मे १६ मा हुन लागेकाे स्थानीय निर्वाचनका लागि दक्षिण भारत जान लागेका थिए ।
उनले अाफूलार्इ ज्वराे अाएकाेले भ्रमण रद्द गर्नुपरेको जनाएपनि पार्टीले उनकाे ज्यान मार्ने धम्की पोडुचरीबाट आएकोले सो भ्रमण रद्द गरिएको बताएको छ ।