CanadaKhabar.com

Tuesday, December 16, 2025 -

गोरखा सेवा समाज कतारको अक्षयकोषलाइ सहयोग गर्न कार्यक्रम हुने

नवराज सिंखडा ‘जिज्ञासु’
दोहा कतार /मे ११

तन मन वचन र कर्मले सेवा गरौ भन्ने मुल नाराका साथ सन २००३ मा स्थापना भै विभिन्न सामाजिक कामहरु गर्दै आइरहेको गोरखा सेवा समाज कतारले पछिल्लो समय सुरु गरेको अनाथ, असहाय र शिक्षाका अवसरबाट बन्चित वाल बालिकाहरुको शैक्षिक कार्य र विकाशमा सहयोग पुर्याउन, प्राकृतिक दैविक प्रकोपबाट क्षतिग्रस्त गोरखा जिल्लाका दयनिय सामाजिक भौतिक संरचनाहरुको पुनः निर्माणमा सहयोग गर्न, सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर उकास्न सहयोग पुर्याउने उद्देश्य लिई सुरु गरेको अक्षयकोष कार्यक्रममा सहयोग गर्नुहुने सबैलाई सम्मान गर्दै अक्षयकोष कार्यक्रमलाई औपचारीक रुपमा ०३ जुन २०१६ मा समापन गर्ने भएको छ।qtar

यसैलाइ मध्यनजर गर्दै गोरखा सेवा समाज कतारले समस्त गोर्खाली गैरगोर्खाली तथा यो अभियानमा सहयोग गर्न चाहनुहुने महानुभाबहरुले यहि मे २० भित्र जानकारी गराउनुहुन पनि अपिल गरेको छ।सस्थाका अध्यक्ष शुदर्शन भट्टद्वारा जारी गरिएको अपिलमा भनिएको छ,
हामीले संचालन गरेको उक्त अक्षयकोषको सहयोगको लागि कतारमा क्रियाशिल संघसंस्थाहरु, ब्यवसायीहरुलाई पत्रचार गरेका थियौँ । यदि सहयोग गर्न चाहानुहुन्छ भने हामीलाई यहि २० मे सम्ममा अवगत गराउनुहोला । सहयोगदाताहरुलाई दिने सम्मान पत्र, ताम्रापत्रहरु तयार गर्नुपर्ने भएकोले हामीले यो सुचना प्रवाह गरेका हौँ । हामीले कुनै पनि संघसंस्थाहरु वा ब्यवसायीहरुलाई दवाव दिएको नसम्झनुहुन पनि हार्दीक आग्रह गर्दै समाजिक कार्यमा यहाँहरुको सहयोगको अपेक्षा गर्दैर्छौ ।
साथै समाजले उक्त सम्मान कार्यक्रममा अनिवार्य उपस्थित भैदिनुहुन समेर सबै सहयोगइहरुलाई अपिल गरेको छ।