CanadaKhabar.com

Thursday, January 23, 2025 -
  • मेडिकल शिक्षा आयोगको प्रतिवेदनप्रति एशोसिएसनको आपत्ति

    काठमाडौं । शिक्षामन्त्रीको अध्यक्षतामा गठित चिकित्सा शिक्षा आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको राष्ट्रिय चिकित्सा शिक्षा ऐनको प्रतिवेदन प्रति मेडिकल एशोसिएसनले आपत्ति जनाएको छ ।

    एशोसिएनको बैठक बसी नेपाल सरकारद्धारा गठन गरिएको चिकित्सा शिक्षा आयोगले बिहीवार चिकित्सा शिक्षालाई व्यवस्थित गर्न बनेको विधेयकलाई अन्तिमरुप दिई प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको प्रतिवेदन प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    विज्ञप्ती जारी गर्दै एशोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालले समिति गठन प्रक्रिया नै गलत रहेकोले विद्येयकमा उल्लेखित अधिकांश बुदाहरुमा पुनरावलोकन गर्नुपर्ने स्पष्ट पारेको छ ।

    विज्ञप्तिमा भनिएको छ, ‘समिति गठन प्रक्रिया देखिनै हामीले पटक–पटक विरोध स्वरुप सम्बन्धित निकायमाझ समिति स्वच्छ र निस्पक्ष नभएको र विधेयकमा उल्लेखित अधिकांश बुँदाहरुमा पुनरावलोकन गर्नुपर्छ भनेर जानकारी गराउँदै आएको कुरा सर्वबिदितै छ ।’

    एशोसिएसनले समिति गठन प्रक्रिया प्रति नै आपत्ति जनाउदै विभिन्न मितिमा सरकार र सम्बन्धित निकायलाई बुझाएको पत्रहरुलाई समेत बेवास्था गरि मेडिकल क्षेत्रका विज्ञहरु संगको राय समेत नलिई हचुवाको भरमा पेश गरेको प्रतिवेदनको घोर भत्र्सना समेत गरेको छ ।

    प्रतिवेदन पुनरावलोकन नभए नेपाली विद्यार्थीको स्वदेशमा अध्ययन गर्न पाउने नैसर्गिक अधिकारलाई बन्चित गर्ने निजी मेडिकल कलेजहरुको भनाई छ ।

    आर्थिक रुपमा पनि अरवौं रुपैयाँ नेपाल बाहिर जाने स्थितिको सृजना प्रतिवेदनले गराएको भन्दै यसमा सम्बन्धित निकाय चनाखो रहन आवश्यक रहेको एशोसिएसनको भनाई छ ।

    एशोसिएसनले छलफल गर्ने समय हुँदा हुँदै पनि स्वदेशी मेडिकल कलेजहरुलाई बन्द गर्ने र विदेशी मेडिकल कलेजहरुलाई प्रोत्साहन गर्ने उदेश्य सहित प्रतिगामी शैलीमा बुझाएको प्रतिवेदन आफूहरुलाई कुनैपनि कोणबाट मान्य नहुने बताएको छ ।

    Press Bigyapti