CanadaKhabar.com

Tuesday, December 24, 2024 -
  • कुल ३० सिटका लागि ९६ करोडपति मैदानमा उत्रिए

    एजेन्सी । भारतको केन्द्र शासित पुडुचेरीमा ३० विधानसभाको सिटका लागि ठूलो भिडन्त सुरु भएको छ । पुडुचेरीमा ३० सिटका साथै ३ मनोनित सदस्य हुनेछन् । 

    पुडुचेरीको ३० सिटका लागि क्षेत्रीय र राष्ट्रिय पार्टीहरु चुनावी मैदानमा रहेका छन् । चुनावमा डीएमके र काँग्रेसबीच मोर्चाबन्दी भएको छ भने अन्य पार्टीहरु एक्ला एक्लै चुनावी मैदानमा उत्रिएका छन् ।

    एआईडीएमकेकी प्रमुख तथा तमिलनाडुकी मुख्यमन्त्री जयललिताले आफ्नो चुनावी मैदानमा बोल्दै आफ्नो पार्टी बाहेक अरुलाई भोट हाल्नु आत्महत्या गर्नु सरह हुने टिप्पणी गरेकी छन् ।

    यद्धपि १९८० पछि पुडेचेरीमा आईएडीएमकेको सरकार बन्न सकेको छैन । काँग्रेससँग तालमेल गरेको डीएमके प्रमुख करुणानिधि र काँग्रेस अध्यक्ष सोनिया गान्धी चुनावी प्रचारमा लागेका छन् ।dmk_rally

    पछिल्लो विधानसभाको निर्वाचनमा काँग्रेसबाट अलग भएका एन रंगास्वामीले आफ्नो अलग्गै राजनीतिक दल बनाएर चुनाव जितेका थिए ।

    उनले अहिले दोस्रो कार्यकालका लागि भोट मागिरहेका छन् ।

    पुडुचेरीमा कुन ३४४ उम्मेदवार चुनावी मैदानमा छन् ।

    पुडुचेरी इलेक्सन वाच र एशोसिएसन अफ डेमोक्रेटिक रिफम्र्स (एडीआर) का अनसार यी उम्मेदवारमा ९६ जना करोडपति रहेका छन् । पुडुचेरीमा मे १६ मा निर्वाचन हुदैछ ।