CanadaKhabar.com

Monday, December 23, 2024 -
  • आज संघीय गठबन्धनले राजधानीमा जनप्रदर्शन गर्ने 

    morcha-press-meetकाठमाडौं । नयाँ संविधानको विरोध गर्दै आएको संघीय गठबन्धनले आज राजधानीमा जनप्रदर्शन गर्ने भएको छ ।

    दिउँसो ३ बजे राजधानीको शान्तिबाटिका र रत्नपार्क क्षेत्रमा जनप्रदर्शन गर्ने तयारी गठबन्धनले गरेको हो ।

    शनिबार जनप्रदर्शनपछि गठबन्धनले आइतबार सिंहदरबार घेराउको कार्यक्रम रहेको छ ।

    मधेस केन्द्रित दलहरुको कार्यक्रमलाई लक्षित गरी राजधानीको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

    संविधानमा आफूहरुको माग नसमेटिएको भन्दै मधेसवादी दलहरुले ६ महिनासम्म मधेस आन्दोलन गरेका थिए ।