CanadaKhabar.com

Wednesday, January 22, 2025 -
  • माओवादी एकताको औपचारिक निर्णय हुँदै, बादल समूहको छुट्टै बैठक

    Prachanda-Badalकाठमाडौं । शान्ति प्रक्रियाका विभिन्न चरणमा विभाजित हुन पुगेका माओवादी घटकहरुबीच बृहत एकताको तयारी भएको छ ।

    पार्टी एकताका लागि शनिबार एमाओवादीसहित सबै घटकले अन्तिम टुंगो लगाउने भएका छन् ।

    पार्टी एकताको विषयमा टुंगो लगाउन एकीकृत नेकपा (माओवादी), नेकपा क्रान्तिकारी माओवादीको बादल समूहको बेग्लाबेग्लै बैठक बस्दैछ ।

    दुवै माओवादीको केन्द्रीय समितिको बैठकले यसअघि भएको एकता सम्बन्धि १२ बुँदे समझदारीलाई अनुमोदन गर्नेछ ।

    सबै माओवादीले १२ बुँदे अनुमोदन गरेपछि पार्टी एकताको औपचारिक प्रक्रिया सुरु हुनेछ । लामो समयदेखि विभाजित अवस्थामा रहँदै आएका ३ वटा माओवादी पार्टी र अन्य ३ वटा समूहबीच एकता हुन लागेको हो ।

    प्रचण्डको नेतृत्वमा रहेको एकीकृत माओवादी, मातृका यादव नेतृत्वको नेकपा (माओवादी), मणि थापा नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेकपा क्रान्तिकारी माओवादीको बादल समूह, विप्लव माओवादीका केही नेताहरुहरुको समूह तथा यसअघि निस्कृय रहँदै आएका जयपुरी घर्ती, कुमार दाहाललगायतका नेताहरु पनि एकता प्रक्रियामा सहभागी हुँदैछन् ।

    एकताको विषयमा सबैभन्दा बढी चर्चामा आएको मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी भने एकता प्रक्रियासँगै विभाजन हुने भएको छ । सो पार्टीको बादल समूह एकतामा जाने भएको छ भने मोहन वैद्यको समूह नजाने भएको छ ।