काठमाडौं । संघीय गठबन्धनले गरेको सिंहदरबार घेराउ कार्यक्रमका कारण राजधानीको मुख्य क्षेत्रको सवारी आवागमन अस्तव्यस्त बनेको छ ।
मधेसी मोर्चासहितको गठबन्धनले सिंहदरबारलाई लक्षित गरि माइतीघरमा दुई तिरबाट सवारी आवागमन समेत अवरोध गरेका छन् ।
प्रहरीले थापाथलीबाट चारपांग्रे सवारी साधन माइतीघरतर्फ आउन दिएको छैन भने उल्लेख्य संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
मधेसवादी दलका नेताहरु सहभागी भएपनि कार्यकर्ताहरुको खासै उपस्थिति रहेको छैन भने जनजाति संघ संगठनका कार्यकर्ताहरुको भने केही बाक्लो उपस्थिति रहेको छ ।
माइतीघरमा प्रदर्शनकारीहरुले बा १ झ ३६१० नम्बरको गाडी तोडफोड गरेका छन् भने बबरमहलस्थित सिडियो कार्यालय अगाडि पनि प्रदर्शन गरेका छन् ।