CanadaKhabar.com

Monday, December 23, 2024 -
  • संविधान कार्यान्वयन गर्ने जिम्मेवारी काँग्रेसको : कोइराला

    Shashanka-Koiralaदाङ । नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले संविधान कार्यान्वयनका लागि काँग्रेसको काँधमा ठूलो जिम्मेवारी आएको बताएका छन् ।

    कार्यकर्ता भेटघाटका क्रममा दाङमा बोल्दै उनले काँग्रेसलाई एक बनाएर लैजानेसमेत बताए ।

    त्यस्तै उनले काँग्रेस जिम्मेवार पार्टी भएकाले देशमा देखिएको समस्या काँग्रेसको अगुवाइमा समाधान हुने विश्वास दिलाए ।

    सो अवसरमा महामन्त्री कोइरालाले काँग्रेसका नेता केशव आचार्यको घर हेकुलीमा पुगी आचार्यकी धर्म पत्नीको निधनप्रति दुःख व्यक्त गरेका थिए ।