CanadaKhabar.com

Wednesday, January 22, 2025 -
  • एकतासँगै बन्यो ‘नेकपा माओवादी केन्द्र’ जम्बो आयोजक समिति

    काठमाडौं । शान्ति प्रक्रियासँगै विभिन्न टुक्रामा विभाजित माओवादीहरु फेरि जुटेका छन् । काठमाडौंको बबरमहलस्थित कार्की पार्टी प्यालेसमा एकता एकता घोषणा अघि संयुक्त अधिवेशन आयोजना गरिएको छ ।

    एकता प्रक्रियामा एमाओवादीसँगै नेकपा क्रान्तिकारी माओवादीबाट आएका रामबहादुर थापा बादलको समूह, विप्लव माओवादीबाट आएका तिलक परियारको समूह, मणि थापा नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट, मातृका यादवको नेकपा (माओवादी) र जयपुरी घर्ती संलग्न छन् ।

    पार्टी एकता संयोजन समितिको बैठकले पार्टीको नाम नेकपा (माओवादी केन्द्र) राख्ने सहमति भएको छ ।

    Party Ekata

    नयाँ पार्टीको अध्यक्षमा प्रचण्ड नै रहनेछन् । बहुपदीय प्रणालीमा जाने निष्कर्ष निकालेका माओवादी पार्टीहरुको एक वर्षभित्र एकता महाधिवेशन हुनेछ ।

    पार्टीको महाधिवेशन आयोजना गर्नका लागि ५ सय ९९ सदस्यीय आयोजक समिति रहनेछ ।