CanadaKhabar.com

Wednesday, January 22, 2025 -
  • राष्ट्रसङ्घमा बुद्धजयन्ती विशेष समारोह, वान कि मुनले गरे सम्बाेधन

    काठमाडौँ । बुद्धजयन्तीको अवसरमा संयुक्त राष्ट्रसङ्घको प्रधानकार्यालयमा एक विशेष समारोहकाे आयोजना गरिएकाे छ ।

    बुद्धजयन्तीका अवसरमा अायाेजित समाराेहमा महासचिव बानकी मुन, महासभाका कार्यबाहक अध्यक्षका साथै बङ्गलादेश, भुटान, क्याम्बोडिया, भारत, इण्डोनेसिया, जापान, लाओस, मलेसिया, म्यान्मा, नेपाल, पाकिस्तान, फिलिपिन्स, रुसी महासङ्घ, श्रीलङ्का, थाइल्याण्ड र भियतनामका प्रतिनिधिले मन्तव्य व्यक्त गरेका थिए ।Ban-Ki-Moon

    भेसाक दिवसका रुपमासमेत मनाइएको बुद्धजयन्ती समारोहमा संयुक्त राष्ट्रसङ्घका लागि स्थायी नेपाली प्रतिनिधि एवम् राजदूत दुर्गाप्रसाद भट्टराईले अहिंसा र मध्यमार्गजस्ता बुद्धका उपदेशले दुई शताब्दीदेखि मानव समाजलाई मार्गदर्शन गराएको बताए ।

    अहिंसा, करुणा र सहनशीलताजस्ता बुद्धका उपदेशलाई सबैले सम्झनुपर्नेमा राजदूत भट्टराईले जोड दिनुभएको न्यूयोर्कस्थित स्थायी नियोगले जनाएको छ । उनले मानव दुःख र कष्टलाई अन्त्य गर्ने बौद्ध उपदेश अहिले पनि उत्तिकै सान्दर्भिक रहेको पनि बताए ।