CanadaKhabar.com

Sunday, January 11, 2026 -

क्यानडामा बुद्ध जयन्तीको कार्यक्रम हुँदै

क्यानडा बस्दै आएका नेपालीहरुको सकृया संस्था ‘कन्सन नेपाल क्यानडा’ ले २५६० औं बुद्ध जयन्तीको अबसर पारेर शान्ती र्याल्ली गर्ने भएको छ ।
टोरोन्टोको अती नै ब्यस्त ठाउँ योङ डन्डास स्क्वायरबाट सुरु हुने र्याली तीन किलोमिटरको हाइवे हुँदै वेस्ली पार्क गएर टुङिने छ ।

शान्तीका अग्रदुत गौतम बुद्ध नेपालमै जन्मिएका हुन भन्ने सन्देश संसारभर फैलाउदै नेपालको प्रबद्दनमा सहयोग पुराउने लक्ष्यले यस्तो कार्यक्रम गर्न लागिएको संस्थाका प्रतिनिधि डा तुल्सी धरेलले बताए । बुद्द जयन्तीकै अबसर पारेर र्याल्ली लगायत अन्य कार्यक्रम पनि भोली नै गरिदै छ । buddhajayanti

भडिबल प्रतियोगिता कबिता बाचन प्रतियोगिता लगायतका कार्यक्रम टोरोन्टोमा हुनेछ । बिगत सात वर्ष देखी नेपाल र क्यानडासंग सरोकार राख्ने बिभिन्न कार्यक्रम निरन्तर गर्दै आएको यस संस्थाले भोलीको कार्यक्रम (भोली अर्थात मे २२ बिहान १० बजे) योङ डन्डास स्क्वायरमा भेला भएर सफल बनाउन क्यानडाबासी नेपाली सबैलाई अपिल समेत गरेको छ ।