CanadaKhabar.com

Wednesday, January 22, 2025 -
  • भारतका कारण पाकिस्तानसहित कुन कुन देशलाई खतरा ?

    sartaj_azizएजेन्सी । भारतको परमाणु क्षमतावाली पनडुब्बी र सुपर–सोनिक ब्यालेस्टिक मिसाईल परीक्षणलाई लिएर पाकिस्तानी सञ्चारमाध्यले चिन्ता व्यक्त गरेका छन ।

    पाकिस्तानी एक अखबारले भारतीय पनडुब्बीमा मिसाइल तैनाथ गरिएमा दक्षिण एशियामा शक्ति सन्तुलनमा असर पर्ने र यसबाट हिन्द महासागरको तटीय क्षेत्रमा रहने ३२ देशलाई खतरा हुने उल्लेख गरेको छ ।

    पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफका विदेश मामिला सल्लाहकार सरताज अजिजले पाकिस्तानी सिनेटमा यस्तो अभिव्यक्ति दिएका हुन् ।

    अजिजले भारतबाट माल्दिभ्स, श्रीलंका, बहराईन, इरान, इराक, कुवेत, ओमान, कतार, साउदी अरब, युएई, इजिप्ट, दक्षिणी अफ्रिका, अस्ट्रेलिया, इण्डोनेसिया, मलेसिया, म्यानमार, सिंगापुर र थाइल्याण्डलगायतका देशहरुलाई खतरा रहेको बताएका छन् ।

    उनले राष्ट्र संघको आगामी महासभाको सत्रमा हिन्द महासागरलाई परमाणु हतियारबाट टाढा राख्ने विषयको एक प्रस्ताव लैजान लागेको र यी सबै ३२ देशको समर्थन लिने कोशिस गरिरहेको बताएका छन् । उनले भारतको सुपर–सोनिक इन्टरसेप्टर मिसाइलबाट पाकिस्तानलाई पनि खतरा रहेको उल्लेख गरे ।