काठमाडौंँ । भैरव सांस्कृतिक संरक्षण समिति पोखराले यस वर्षको सर्वज्ञमान विष्णुदेवी संस्कृति पुरस्कार राष्ट्रिय गानका सङ्गीतकार अम्बर गुरुङलाई प्रदान गर्ने भएको छ । सो पुरस्कारको राशि रु ७० हजार र सम्मानपत्र रहेको छ ।
हाल आफ्नै निवासमा स्वास्थ्य लाभ गरिरहेका नुभएका नेपाली सङ्गीत क्षेत्रका अथक साधक सङ्गीतकार गुरुङलाई उनकै निवासमा पुरस्कार प्रदान गरिने कार्यक्रम रहेको समितिका सल्लाहकार तीर्थ श्रेष्ठले बताए ।
यसअघि सो पुरस्कारबाट फत्तेमान राजभण्डारी, सत्यमोहन जोशी, प्रेमध्वज प्रधान लगायतका व्यक्तित्व पुरस्कृत भइसकेका छन् ।