CanadaKhabar.com

Wednesday, January 22, 2025 -
  • मेरो लागी अमेरीका नुन नराखेको तरकारी खाए जस्तो..

    कृष्ण प्रसाद लामिछाने krishna
    मेरो जन्मस्थान गोरखा, कर्मस्थान काठमांडू,अहिले बासस्थान अमेरीका । १२ बर्ष सरकारी र १८ बर्ष प्राइभेट बिद्यालयमा शिक्षक भयर अहिले दोश्रो पटकको अमेरीका बसाई हो मेरो । अमेरीकाको बातावरण र व्यवस्थापन देख्दा अब त दिक्क लाग्न थाल्यो कारण अमेरीका मा त कसैलाई राजनितिक गफ नै आउंदो रहेनछ, नेता नै रहनेछन् कुन दलको मान्छे हौ भनेर सोध्यो, दल भनेको के हो भनेर उल्टो प्रतिप्रश्न पो गर्दा रहेछन् । भोट कस्लाई दिनु हुन्छ त भन्दा” जबाफआयो जस्ले देश र जनताका हितमा काम गर्ने अठोटपत्र सार्वजनिक गर्छ उसैलाइ भोट दिने रे अनि चुनाबको दिनमा पनि बिदा नहुने रे ।

    आफु त राजनितिक बगैचामा जन्मेको मान्छे कसरी सहन सक्नु । बाजेले १९९३ देखि २०१७ मार्ग मसान्त सम्म,बाउले २०१७ पौष ०१ देखि २०३६ जेष्ठ ०९ गते सम्म र मैले २०३६ जेष्ठ १० देखि अहिले सम्म
    लगाम कसेको घोड़ा झै एकोहोरो बिचारले राजनिति गरेको, राजनिति गफ नै चॉणक्य निति सम्झेको, बच्चा जन्मेर तोते बोली बोल्न थालेपछि नैतिक शिक्षा दिनुको सट्टा राजनितिक गफ सिकायको, काम मा जानुको सट्टा चोक चोक मा तथा चिया पसलमा बसेर आफ्नो पार्टीको वकालत गर्ने गरेको, ईतर पक्षलाइ संधै कटाक्ष गरेको,आफुलाइ आफैले महान राजनितिज्ञ ठानको मान्छे, वअनि अमेरीकामा यि सब नभयपछि मलाइ नुन नराखेको तरकारी खाय जस्तो भयन र ?

    अनि अमेरीका मा त कहिल्यै हडताल नहुने, आफुलाइ त नेपाल मा १ महिनामा ७ दिन बन्ध हड़ताल भयन भने, खै के खै के जस्तो लाग्थ्यो । फेरी यहॉ त लोडसेडिड० नहुने, धारा मा संधै चिसो तातो पानि आइरहने, सधैं नुहाउनु पर्ने, ग्यास पायप बाट आउने, बस्ने घर र चढ्ने गाडीमा संधै A C फ़िट गरिराख्ने, धुंवा धुलो र फोहोर कहिं देख्न नपाउने, जता हेरे पनि सफा सडक, हरियो दुबो र हरिया रूख, संधै काम मा जानु पर्ने १ मिनेट पनि ठग्न नसकिने, १ रूपियॉ कमाय पनि कर तिर्नु पर्ने छल्न नमिल्ने, पैसाको कारोवार संधै कार्ड बाट हुने पैसाको मुख देख्नै नपाउने, ठेक्का पट्टा गर्न ईजाजत पत्र चाहिने, तोकियको समय अघि भत्क्यो बिग्रियो भने सबै तिर्नु पर्ने, रक्सिखान मनलग्यो सबैठाउमा नपाउने,२१ बर्ष भन्दा तलका बच्चालाइ किन्न पठायो भने पुलिसले समाउने, जथाभाबि गाडी चलाउन वा हिड्न नपाइने, तोकियको स्थान भन्दा बाहेक अन्य स्थानमा सौच गर्न नपाईने, तथा बाटो क्रस गर्दा बिचार पुगेन भने २ मिनेटमा पुलिसले समाउंदो रहेछ, घुसपेस नचल्ने रहेछ, कसैले भ्रष्टाचारै नगर्ने, सबैले कानुन मान्ने,आफुलाइ त १६ घन्टा लोडसेडीड०मा बसेको, ७ दिन सम्म तेल र ग्यासको लाइन लागेको, धुवा र धुलोमा हिडेको, काममा हा. टा कस्ने,७ दिनमा १ दिन नुहाने, जथाभाबि बाटो काट्ने, गाडी चलाउने, सौचगर्ने, बसेको ठाउ भत्काउने, कर छल्ने, पकेटमा भ्रष्टाचार गरेर भय पनि पैसा राख्नु पर्ने,देश जे सुकै होस लुट्नै पर्ने,रक्सि खानु नै पर्ने, हावादारी गफ लडाउनै पर्ने, जसरी पनि ठेक्का पट्टा हात पार्नै पर्ने, ठेक्का पट्टा सम्पन्न भयको १ महिना मा त्यों भत्किनु पर्ने मानसिकताले ग्रसित भयको मलाइ यो सब गर्न नपाउने अमेरीका मेरो लागी नुन नराखेको तरकारी खाय जस्तो भयन र ? अन्तमा सबैलाइ चेतना भया ।