CanadaKhabar.com

Wednesday, May 15, 2024 -
  • वास्तवमा के हो विदेश ?

    दिपा सिंखडा,जापान

    ४/५ तला घर ठड्याएर घर भाडाको आम्दानीबाट जीवन गुजारी सडकमा गएर चक्का जलाए जस्तो सजिलो होइन विदेश
    घर,फर्निचर, गाडी, कम्प्युटर, आदि सबै (पत्नी र पति बाहेक) बैंकको ऋण बोकी ऋण तिर्न रातदिन कम गर्नुपर्ने कहिले नसकिने बिवस्ताको नाम हो विदेश !

    स्कुलबाट भागी गोदावोरी र २२ धारा तिर प्रेम गर्न जांदा बाबु आमाले थाहा पाएर गालि गरे जस्तो मात्र होइन विदेश रातको १२ बजे कामवाट थकित भएर सुस्केरा हाल्दै श्रीमती ब्युझिन्छिंन कि भनेर सुस्त सुस्त चुपचाप सुत्ने बिवस्ता को नाम हो विदेश !dipa

    १०-५ सम्म घुम्ने कुर्सीमा बसी जनतालाई हकारीटेबल मुनिवाट आम्दानी गरे जस्तो होइन विदेश दिनको १२ घण्टा (त्यो पनि पाएमा) काम गर्दा पनि मालिकले जागिरवाट फायर गरि देलान कि भन्ने चिन्ता चिन्तामै डुबेको जीवन हो विदेश !deepa..

    बाउआमाको कमाईवाट मोटर साइकलमा केटि घुमाएर बिए पास गरे जस्तो होइन विदेश १२ घण्टा काम गरि खुन पसिना बगाई बल्ल बल्ल ७र८ वर्षमा मात्र बिए पास गरेको सुस्केराको लामो सास हो विदेश !

    देशको माया मैले जस्तो अरुले गर्दैन भनि मुखले मात्र अलाप गर्दै खाली नेतालाई मात्र गाली गरे जस्तो होइन विदेश दुइ चार लाख पैसा पठाई देउन हौ भनेर फोन गरेजस्तो सजिलो होइन विदेश सालमा बल्ल बल्ल एक दुइ पटक बिदा मिलाएर पार्टीमा गइ तमक झमकको फोटो फेसबुकमा राखी देखाएको जिन्दगी होइन विदेश !

    रातदिन जमिन्दारको खेतीमा काम गर्दा बगेको पसिनावाट जीवन धन्न धौ धौ भए जस्तो हो विदेश रिक्सा र ठेलागाडी कुदाईको कमाईबाट मालिकलाई भाडा बुझाई बाकी रहेको आम्दानीबाट घरबार चलाएजस्तो हो विदेश !

    छोरा छोरि लाई सम्झाउदा Dad Mom ” it is my life ” भन्ने तितो सत्यको नाम हो विदेश !
    ९ महिना आफ्नो गर्भमा पालेको बालक तुहिदा त्यो आमाको पिडा जस्तो हो विदेश !

    वनमा दाउरा काट्न जादा आफैले आफ्नो खुट्टामा बन्चरो ले हान्दा दुखेको चोट जस्तो हो विदेश !
    आफन्तहरुसग बिछोडिएर skype ,viber मा कुरा गर्दै पिडा र दर्द लुकाई राख्ने सम्झौताको नाम हो विदेश !