CanadaKhabar.com

Wednesday, May 15, 2024 -
  • संघीय गठबन्धन्ले आज ठिमीमा बिरोध प्रदर्शन गर्ने

    काठमाडौं १४, जेठ– संघीय गठबन्धनले आज दिँउसो भक्तपुरको मध्यपुर ठिमीमा विशाल आमसभा गर्दैछ । शंखधर साख्वा चोकत्रिभुवन विश्व विद्यालयको मुख्यद्धारबाट सुरु भएको विशाल र्याली कीर्तिपुरको नयाँ बजार पुग्दैछ ।

    काठमाडौंको चावहिलमा विशाल विरोध प्रदर्शन गर्दैछ । संघीय गठबन्धनका संयोजक एवं संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा शंखधर साख्वा चोकमा आन्दोलनकारी जम्मा भएर र्याली मध्यपुर ठिमी पुगेर आमसभामा परिणत हुनेछ । सभालाई गठबन्धनका प्रभावशाली शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । संविधान पुनर्लेखनका लागि १३ दिनेदेखि राजधानी केन्द्रीत आन्दोलनमा होमिएको संघीय गठबन्धनले हिजो कलंकीमा विरोध सभा गरेको थियो ।
    संघीय गठबन्धनको बैठक अहिले फोरम नेपालको केन्द्रीय कार्यालय तीनकुनेमा बसिरहेको छ । भोलि जेठ १५ गते राजधानी केन्द्रीत पूर्व घोषित आन्दोलनका कार्यक्रमहरु सकिँदैछन् । यद्यापि, जेठ १६ गते वीरगञ्ज र १७ गते पोखरामा विशाल आमसभा बाकी नै छन् । बैठकमा राजधानीमा भएको आन्दोलनको समिक्षा र भावी आन्दोलनको तयारी, स्वरुप, दिशा र थप कार्यक्रमबारे छलफल हुँदैछ ।