CanadaKhabar.com

Wednesday, May 15, 2024 -
  • विमान दुर्घटनाग्रस्त भएर अमेरिकाको हड्सन नदीमा खस्यो

    एजेन्सी । अमेरिकाको न्युयोर्क र न्युजर्सीको बिचमा एउटा सानो विमान दुर्घटनाग्रस्त भएर हड्सन नदीमा खसेको छ । अधिकारीहरुका अनुसार दोस्रो विश्वयुद्धको समयको पी–४७ थण्डरबोल्ट विमान दुर्घटनामा परेको हो । यो विमानमा कति यात्रु सवार थिए भन्ने बारेमा अझै एकीन भइनसकेको बीबीसीले जनाएको छ ।plane crase
    विमान दुर्घटनापछि अमेरिकी सेनाको एउटा टुकडी उद्दारकार्यमा जुटेको छ । विमान दुर्घटनाका कारण भने खुलेको छैन । सन् २००९ मा एक विमान हड्सन नदीमा आपतकालीन अवतरण गरिएको थियो । उक्त विमानमा रहेका सबै १५५ यात्रुहरु बाँच्न सफल भएका थिए ।