CanadaKhabar.com

Monday, April 29, 2024 -
  • संघीय गठबन्धनले अाज फेरि वीरगञ्जमा प्रदर्शन गर्दै

    काठमाडौं । राजधानी केन्द्रित आन्दोलन गर्दै आएको संघीय गठबन्धनले आज फेरि वीरगञ्जमा प्रदर्शन गर्ने भएको छ ।

    आफ्ना माग सम्बोधन गर्न सरकार गम्भीर नभएको निष्कर्ष निकालेको गठबन्धनको राजधानी केन्द्रित आन्दोलन शनिबार सकिएको थियो ।

    वीरगञ्जमा हुने विरोध प्रदर्शनमा मोर्चाका शीर्ष नेताहरु सहभागी हुनेछन् । राजधानी केन्द्रित आन्दोलन गरेको गठबन्धनले सिंहदरबार र बालुवाटार घेराउ लगायतका कार्यक्रम गरेको थियो ।

    गठबन्धनले दोस्रो चरणको आन्दोलन राजधानीबाहिरबाट सुरुवात गर्न लागेको हो । गठबन्धनले सोमबार पोखरामा विरोध प्रदर्शन गर्ने कार्यक्रम यसअघि नै तय गरिसकेको छ ।Madhesi 5

    सरकारले आन्दोलनरत मधेसी मोर्चालाई वार्ताका लागि ३ दर्जनपटक पत्र पठाएपनि मोर्चा वार्तामा सहभागी भएको छैन । मोर्चाको नाममा नभई गठबन्धनको नाममा वार्ताको प्रस्ताव आउनुपर्ने उनीहरुको माग छ ।

    यसअघि मोर्चाले लामोसमयसम्म वीरगञ्ज केन्द्रित आन्दोलन गरेपनि सरकार गम्भीर नभएको आरोप लगाउँदै मोर्चा राजधानी केन्द्रीत आन्दोलनमा फर्किएको थियो ।