CanadaKhabar.com

Monday, April 29, 2024 -
  • शरणार्थी संकट : सात सय आप्रवासीकाे भूमध्य सागरमा डुबेर मृत्यु भएको आशंका

    एजेन्सी । संयुक्त राष्ट्र संघले पछिल्लो दिनमा मात्रै भूमध्यसागरमा डुंगा डुबेर ७ सय आप्रवासीको मृत्यु भएको आशंका गरेको छ ।

    राष्ट्रसंघीय शरणार्थी मामिलासम्बन्धी उच्चायोग यूएनएचसीआरका कार्लोटा समीले बुधबार, बिहीबार र शुक्रबार आपवासीलाई लिएर युरोपतिर जाँदै गरेका डुंगाहरू डुबेको जनाएका छन् ।

    अघिल्लो साता मात्रै इटालीका नौसेनाले दुर्घटनामा परेको आप्रवासीको एउटा डुंगा उद्धार गरेका थिए ।

    उक्त दुर्घटनामा अझै १ सय जना आप्रवासी बेपत्ता रहेको जनाइएको छ । पछिल्लो समयमा मध्यपूर्वमा फैलिएको अशान्तिसँगै लाखांै शरणाथी युरोप जानेको संख्या उच्च रहेको छ । इटालीले मात्रै पछिल्लो साता युरोप जान हिँडेका १३ हजार आप्रवासीलाई डुंगा दुर्घटनाबाट बचाएको दाबी गरेको छ ।Dunga

    ‘कार्लोटा समीले भनेका छन्, ‘बुधबार भएको डुंगा दुर्घटनामा करिब १ सय आप्रवासी अझै बेपत्ता छन् । लिबियाको साब्राथा तटबाट भूमध्यसागर हुँदै युरोप जान लागेको डुंगा बिहीबार बिहानै पल्टिएको थियो, जसमा सवार ५ सय ५० आप्रवासीको अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।’

    शुक्रबार भएको तेस्रो दुर्घटनामा १ सय ३५ जनालाई बचाइएको छ भने ४५ जनाको शव निकालिएको थियो । गत साता मात्रै डुंगा पल्टिने र डुब्नेलगायतका घटनामा परी मृत्यु हुनेको संख्या ९ सय पुगिसकेको छ ।

    यसैबीच, बेलायती सामुद्रिक सेनाले इंग्लिस च्यानलमा डुब्नै लागेको शरणार्थी सवार डुंगाबाट १९ जनाको सकुशल उद्धार गरेको छ । उद्धारपछि शरणार्थीलाई सीमा सुरक्षा बललाई हस्तान्तरण गरी उनीहरूबारे छानबिन सुरु गरिएको छ ।

    फ्रान्सको बाटो हुँदै बेलायत हिँडेका हजारौं मानिस फ्रान्सका विभिन्न टापु तथा सीमाक्षेत्रमा जम्मा भएका फ्रान्सेली तथा बेलायती परोपकारी संस्थाले बताएका छन् । उद्धारका लागि बेलाइएपछि कालायसिस र डोभरको तटमा दुर्घटनाउन्मुख डुंगासहितका मानिसलाई खोज्दै अन्य डुंगाहरू तत्कालै पठाइएको थियो ।