CanadaKhabar.com

Monday, April 29, 2024 -
  • एनआरएन क्यानडा बिबाद बारे यस्तो छ अधिकारिक वक्तब्य

    प्रेस बिज्ञप्ति
    NRNACanada-Logoहालै एन.आर.एन. क्यानडा र यसका कार्यकारी समितिका सदस्यहरु बिरुध्द केहि अनलाइन पत्रिकामा छापिएका भ्रामक समाचार प्रति हाम्रो ध्यान आकर्षित भएको छ।  कुरै नबुझी उक्त समाचार फेसबुक लगायत सामाजिक संजालमा शेयर हुदा साधारण जनमानस पनि उक्त पीत पत्रकारीताको शिकार हुनु अत्यन्त दुर्भाग्यपूर्ण रहेको छ ।

    उक्त समाचारमा उल्लेख गरिए जस्तो क्यानडा सरकारले एन.आर.एन. क्यानडाका कार्यकारी समितिका सदस्यहरु कसैलाई पनि कहिले पनि कालोसूचीमा राखेको छैन, न त एन.आर.एन. क्यानडालाई निलम्बन नै गरिएको हो।  उक्त समाचार अत्यन्त दुर्भावनाका साथ एन.आर.एन. क्यानडा र यसका कार्यकारी समितिका सदस्यहरुलाई बदनाम गर्ने उदेश्यका साथ लेखिएको कुरा प्रस्ट छ।  समाचार लेख्नु अघि सत्य तथ्य जान्ने सानो प्रयास पनि गरिएको छैन। न त यो कुरा असत्य भएको जानकारी गराउदा पनि समाचार लेखक / प्रकाशकबाट सच्याउने काम नै गरियो । यसर्थ यस्ता कुरा रोक्न आवश्यक परेमा कानूनी प्रकृया समेत अघि बढाउन सकिने कुरा जानकारी गराइन्छ ।

    क्यानडा सरकार को संस्था दर्ता गर्ने निकाय Industry Canada मा हरेक वर्ष साधारण सभा, संचालक, र ठेगाना सम्बन्धमा update गराउनु पर्ने हुन्छ।  म्याद भित्र त्यो काम नगरेमा उसले एउटा reminder पठाउछ।  त्यहि सामान्य reminder लाई अर्थको अनर्थ लाग्ने गरी समाचार बनाउनुका साथै नभएका कुरा पनि थपेर बदनियतका साथ प्रकाशन गरिएको हुनाले सबैलाई यस्तो भ्रममा नपर्न अनुरोध गर्दछौं।

    Industry Canada मा सबै कुरा up-to-date रहेको कुरा Industry Canada को आधिकारिक website  www.ic.gc.ca मा गई हेर्न सकिन्छ वा सिधै यो लिंकमा क्लिक गरेर पनि हेर्न सकिन्छ- https://www.ic.gc.ca/app/scr/cc/CorporationsCanada/fdrlCrpDtls.html?corpId=4414772&V_TOKEN=1464653791263&crpNm=non%20resident&crpNmbr=&bsNmbr=

    एन.आर.एन. क्यानडा आफ्ना कमी कमजोरीहरु सुधार गर्दै सम्पुर्ण एन.आर.एन. साथीहरुको हकहितको लागि सदैव संस्थागत सुशासन र पारदर्शिताका साथ काम गर्ने प्रतिबध्दता जनाउदै यस्ता नकारत्मक प्रचारलाई दुरुत्साहित गर्न यंहाको सहयोगको लागि हार्दिक अपिल गर्दछौं ।

    तुल्सी प्रसाद सापकोटा

    अध्यक्ष

    एन.आर.एन. क्यानडा चै फाइनल प्रिन्ट गर्नुहोला