काठमाडौं । सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचनमा चौथो स्थानमा खुम्चिएको छ । माओवादी निकट राष्ट्रिय कर्मचारी संगठन मधेसी मोर्चा निकट नेपाल मधेसी निजामति मञ्चभन्दा पछि परेको हो । राजनीतिक भागबण्डाका आधारमा भएको निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचनमा माओवादी निकट कर्मचारी संगठन जम्मा २ वटा केन्द्रमा मात्रै पहिलो भएको छ ।
मधेसी निजामति मञ्चले ७ केन्द्रमा पहिलो स्थान पाएको छ भने काँग्रेस निकट ट्रेड युनियन २७ स्थानमा पहिलो भएको छ ।
![sd{rf/L 6]«8 o'lgogsf] lgjf{rg dx]Gb|gu/df lghfdtL sd{rf/Lsf] cflwsfl/s 6]«8 o'lgogsf] a'waf/ laxfg ( ah]b]lv ;'? ePsf] lgjf{rgdf dtbfgsf nflu nfda4 sd{rf/L . tl:a/ M z]/axfb'/ l;+x, dx]Gb|gu/, /f;;](https://canadakhabar.com/wp-content/uploads/2016/06/Kanchanpur_karmachari-1.jpg)
बुधबार भएको निर्वाचनमा एमाले निकट कर्मचारी संगठन ८० स्थानमा जित हात पार्दै पहिलो भएको छ । बुधबार सम्पन्न निर्वाचनमा देशभरि एक सय १७ वटा केन्द्र तोकिएका थिए ।
मत परिणाम अनुसार ट्रेड युनियनको पदाधिकारीमा एमाले निकट नेपाल निजामति कर्मचारी संगठनले अध्यक्ष र कोषाध्यक्ष पद पाउनेछ, नेपाल निजामति कर्मचारी युनियनले महासचिव, नेपाल मधेसी निजामति मञ्चले उपाध्यक्ष र नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतिले सचिव पद पाउने भएका छन् ।
