CanadaKhabar.com

Monday, November 25, 2024 -
  • भारतमा मुस्लिम बैंकका लागि खुल्यो ढोका

    एजेन्सी । भारतमा लामो समयको लडाई र पर्खाईपछि इस्लामिक बैंकिङको ढोका खुल्ला भएको छ । अब कट्टर हिन्दुवादी नरेन्द्र मोदीको गृहराज्य गुजरातमा इस्लामिक डेभलपमेन्ट बैंक (आईडीबी) को शाखा खुल्नेछ ।

    यसलाई मोदीका निकटपात्र मानिने जफर सरेशवालाले नेतृत्व गर्नेछन् । उनी गुजरातका चर्चित व्यापारी हुन् । मोदी प्रधानमन्त्री नियुक्त भएपछि उनी मौलाना आजाद नेशनल युनिभरसिटीका कुलपति नियुक्त भएका थिए ।

    इस्लामिक डेभलपमेन्ट बैंकको शाखा खोल्ने अनुमति दिने भारत पहिलो गैरमुस्लिम राष्ट्र हो । हालैमात्रै भाजपा सांसद सुब्रमण्यम स्वामीले इस्लामिक बैंक खोल्ने विषयको तिखो आलोचना गरेका थिए ।Islamic Devlopment Bank

    यस बैंकको साउदी अरब सबैभन्दा ठूलो साझेदार हो । उसको यसमा २४ प्रतिशत शेयर रहेको छ । सन् १९७५ मा खुलेको इस्लामी बैंकको अवधारणा न्यायको आधारभूत सिद्धान्त र सामाजिक न्यायमा आधारित छ ।

    इस्लामिक डेभलपमेन्ट बैंक (आईडीबी) को मुख्य कार्यलय साउदी अरबको जेद्दामा रहेको छ । इस्लामिक राज्य तथा समुदाय लक्षित यो बैंकमा अहिले ५६ वटा देशमा शाखाहरु रहिसकेका छन् ।

    मुख्य रुपमा अरविक र अंग्रेजी तथा फ्रेन्च भाषाको समेत प्रयोग हुने यो बैकका क्षेत्रीय कार्यालयहरु मोरोक्को, मलेसिया, कजाकस्तान, सेनेगल, टर्की, इण्डोनेसियामा रहेका छन् ।

    यसैगरी अफगानिस्तान, पाकिस्तान, अजरबैजान, बंगलादेश, बुर्किनाफासो, गिनी, इरान, माली, पाकिस्तान, सुडान, तुर्कमेनिस्तान, उज्वेकिस्तान, यमन, लिबियालगायतका देशमा समेत यसका शाखाहरु रहेका छन् ।