CanadaKhabar.com

Monday, November 25, 2024 -
  • कोपा अमेरिका कपमा कोलम्बियाको विजयी सुरुवात

    टोरोन्टो,क्यानडा

    काठमाडौं । अमेरिकाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता कोपा अमेरिका कप फुटबलमा कोलम्बियाले विजयी सुरुवात गरेको छ ।

    शनिबार बिहान भएको खेलमा संयुक्त राज्य अमेरिकालाई २–० ले पराजित गर्दै कोलम्बियाले विजयी सुरुवात गरेको हो ।
    कोलम्बियाको जितमा रोड्रिग्वेज र क्रिष्टियन जपटाले एक एक गोल गरे । प्रतियोगितामा सहभागी १६ अमेरिकी देशलाई चार समूहमा विभाजन गरिएको छ ।
    विश्व फुटबलको सबैभन्दा पुरानो प्रतियोगिता सुरु भएको एक सय वर्ष पुगेको अवसरमा भएको प्रतियोगिता पहिलो पटक अमेरिकामा भएको छ ।
    प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन चिलीले आगामी मंगलबार गत वर्षको उपविजेता अर्जेन्टिनासँग खेल्ने छ ।

    पाँच पटकको विश्व विजेता ब्राजिलले सन् २००७ देखि कोपा अमेरिकाको उपाधि जित्न सकेको छैन । ८ पटक कोपा अमेरिकाको उपाधि जितेको ब्राजिल यसपटक बार्सिलोनाका स्टार स्ट्राइकर नेइमार बिना खेल्दै छ ।copa logo

    ब्राजिलमा आउँदो अगस्टमा हुने रियो ओलम्पिकसको तयारीका लागि नेइमारले कोपा अमेरिका नखेल्ने भएका हुन् ।
    यस्तै ब्राजिलको टिममा राफिन्हा मांशपेसीको चोटका कारण टिममा छैनन् । यस्तै काका पनि यो प्रतियोगितामा उपलब्ध छैनन् । ब्राजिलले आइतबार इक्वेडरसँग आफ्नो पहिलो खेल खेल्ने छ ।