CanadaKhabar.com

Saturday, April 18, 2026 -

कोपा अमेरिकामा अर्जेन्टिनाको विजयी सुरुवात, चिली २–१ ले पराजित

angel-di-maria-ever-banega-argentina-chileकाठमाडौं । अर्जेन्टिनाले कोपा अमेरिकाकपको ४५ औं संस्करणमा विजयी सुरुवात गरेको छ ।

गत वर्षको उपविजेता अर्जेन्टिनाले आफ्नो समूहको पहिलो खेलमा मंगलबार चिलीलाई २–१ ले पराजित गर्दै सुखद सुरुवात गरेको हो । यो सँगै उसले अघिल्लो बर्ष कोपा अमेरिका कपको फाइनलमा चिलीसँग बेहोरेको हारको बदला समेत लिएको छ ।

अघिल्लो वर्ष चिलीमै भएको कोपा अमेरिका कपको फाइनलमा अर्जेन्टिना चिलीसँग पेनाल्टी सुटआउटमा ४–१ ले पराजित भएको थियो । मंगलबार भएको खेलमा अर्जेन्टिनाको जितमा एन्जेल डि मारिया र इभर बानेगाले एक एक गोल गरे ।

पहिलो हाफ गोलरहित सकिएको खेलको दोस्रो हाफको ५१ औं मिनेटमा नै बानेगाको पासमा डि मारियाले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ने ५९ औं मिनेटमा डि मारियाको पासमा बानेगाले गोल गर्दै अर्जेन्टिनालाई २–० को अग्रता दिलाए ।

खेलको ९० औं मिनेटमा चिलीका लागि जोसे पेड्रो फुएन्जालिदाले एक गोल फर्काएपनि त्यो जितका लागि पर्याप्त हुन सकेन ।